बाईकमा किक स्टार्ट किन हुँदैन?

आजभोलीका कतिपय बाईकमा किक स्टार्ट गर्ने सुविधा हुँदैन । त्यस्ता बाईकहरु प्रायः बढी सिसि क्षमताका र आधुनिक प्रविधियुक्त हुन्छन् ।

किक स्टार्टको सुविधा नभएका बाईकहरुमा सेल्फ स्टार्टको मात्र सुविधा हुन्छ ।

धेरैलाई लाग्न सक्छ कि सुविधाको कारणले यस्तो गरिएको होला ।

किकबाट स्टार्ट गर्ने झमेला हटाएर सेल्फबाट मात्र स्टार्ट गर्ने सुविधाको लागि मात्र यस्तो गरिएको हुन सक्ने हाम बुझाई हुन सक्छ ।

यस्ता बाईकमा भएको बेट्री कुनै समस्या आएमा वा बेट्री नै बिग्रियो भने त झण्झटै हुने भयो नि होइन ? उस्तै परे बाईक चलाउँदा चलाउँदै बीच बाटो मै बिग्रन पनि सक्छ ।

कतिपय अवस्थामा त त्यस्तो बेलामा धेरैले बाईकलाई डोर्याएर वर्कशपमा लैजानुपरेको हामीले देख्दै वा भोग्दै पनि आईरहेका छौं ।

तर किक स्टार्टको सुविधा नदिएर सेल्फ स्टार्टको मात्र सुविधा किन दिएको होला भन्ने बिषयमा सबैलाई जानकारी नहुन पनि सक्छ । यसको विशेष कारण रहेको छ ।

त्यस्ता बाईकमा सधैं बेट्रीको निश्चित पावर आवश्यक पर्ने केहि सेन्सर प्रयोग गरिएका हुन्छन् ।

त्यस्ता सेन्सरमा बेट्रीको पावर कम भएमा वा नभएमा काम गर्न सक्दैनन् र बाईक स्टार्ट नहुने लगायतका समस्या देखा पर्दछन् ।

बाईकमा आजभोली प्रयोगमा आएको एफआई (फ्युल ईन्जेक्शन) सिस्टमले पनि बेट्रीको पावर अनिवार्य बनाएको हो ।

पेट्रोल ट्यांकिमा एउटा मोटर हुन्छ, जसको माध्यमबाट ट्यांकिको पेट्रोल ईन्जनसम्म पुग्दछ ।

यदि त्यो मोटरमा कम पावर पुग्यो वा पावर नै पुगेन भने त्यो मोटर चल्दैन अनि पेट्रोल ईन्जनसम्म पुग्दैन र बाईक स्टार्ट नै हुँदैन । त्यसैले पनि बाईकको बेट्री चुस्त दुरुस्त हुनु जरुरी हुन आउँछ ।

पेट्रोललाई एकसमान र आवश्यता अनुसार मात्र ईन्जनमा पुर्याई कारवोरेटरवाला बाईक भन्दा बढी पेट्रोल वचत गर्नका लागि पनि एफआई सिस्टमको अन्वेषण र प्रयोग भएको मानिन्छ ।

बाईकमा किक स्टार्ट नराख्नुमा अन्य कारणहरु मध्ये बाईकको डिजाईन नबिग्रियोस भन्नाका लागि तथा बाईक निर्माणमा केहि खर्च कटौतीका लागि पनि हो भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *