नेपालमा आर्थिक समस्या आउन थालेको २ वर्ष भयो । देशको आर्थिक स्थिति सहज नहुँदा त्यसको असर अटो इण्डष्ट्रीमा नराम्ररी पर्न गयो ।
धेरै समस्याहरु हामीले झेल्नुपरिरहेको छ । कमर्सियल भेइकलको इण्डष्ट्री घट्दै गयो । प्यासेन्जर भेइकलमा पनि अवस्था उस्तै छ ।
सरकारले आयातमा व्याण्ड ग¥यो । सिडी रेसियो टाइट हुँदै गयो । लोन लिनसक्ने स्थिति रहेन ।
गाडीको लोनको भ्यालु रेसियो पनि सहज भएन । ब्याजदर पनि बढ्दै गयो । ती समस्या समाधानका लागि नाडाको सक्रियता जारी रह्यो ।
अप्ठ्यारो अवस्थालाई कसरी सकज बनाउन सकिन्छ भन्नेबारे छलफललाई हामी तिब्र बनायौं । सरकारले हामो धेरै कुरा नसुनेको हो कि भन्ने लाग्छ ।
केही कुरा सुनेको भएपनि काम चाही खासै भएका छैनन् । राम्रो काम भएको भए अटो इण्डष्ट्रीमा सुधार पनि आउने थियो, खासै सुधार भएको छैन ।
यो बीचमा सरकारले इलेक्ट्रिक भेइकलका लागि राम्रा पोलिसी ल्यायो । यसले इलेक्ट्रिक भेइकलका लागि राम्रो नै भएको मान्न सकिन्छ ।
नाडामा हामीले प्रदेशलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका छौं । नेपालमा अहिले स्किल ग्यापको समस्या छ । नयाँ नयाँ टेक्नोलोजीमा गाडी बनिरहेका छन् ।
त्यो ग्यापलाई फुलफिल गर्न स्किल्ड म्यानपावर आवश्यक पर्छ भनेर नाडाले त्यसमा पनि काम गर्न सुरु गरिसकेको छ ।
नेपालमा पहिला युरो थ्रि गाडी हुन्थे, अहिले युरो फोर, युरो सिक्सका गाडी आएका छन् ।
अर्कोतर्फ इलेक्ट्रिक भेइकलको इभोलुसन सुरु भयो । मेकानिल स्किल ग्याप हुनु भनेको ठुलो समस्या हो ।
सबै ठाउँमा नयाँ टेक्नोलोजीका गाडी बनाउनसक्ने अवस्था रहेन । टेक्नोलोजिकल इभोलुसनलाई स्थापित गराउन स्किल डेभलपमेन्टमा फोकस गर्नुपर्छ भनेर लाग्यौं ।
फस्ट फेजमा हामी स्किल डेभलमेन्टमा गएका छौं । ९७ घण्टाको ट्रेनिङ काठमाडौंमा संचालन भइरहेको छ । विभिन्न ठाउँबाट यसको डिमाण्ड आएको पनि छ ।
सेकेन्ड फेजमा अन्य स्थानमा तालिम संचालन गर्नेछौं । विभिन्न कोर्ष संचालन गर्ने तयारी पनि नाडाको छ ।
इलेक्ट्रिक भेइकलका लागि आवश्यक मेनपावर तयार पार्न पनि ट्रेनिङ संचालन गर्ने तयारीमा छौं ।
सरकारसँग अपरेसनल कुराका लागि विभिन्न छलफल भए र जुन छलफल सकारात्मक भए ।
पोलिसीका कुरामा हामीले जति नै धेरै अप्रोच गर्दापनि खासै धेरै काम हुन नसकेको अवस्था छ ।
सरकारले सकारात्मक रुपमा लिने तर हामीले अपेक्षा गरे अनुशार काम भने नहुने देखिन्छ ।
स्पेयर पार्टस, ब्याट्री, भेइकल इम्पोटर लगायत अटो इन्डण्ट्रिमा रहेका इन्टरप्रेनरलाई ट्याक्स, भ्याट, भिसिटिएस लगायतबारे जानकारी गराउन नाडाले तालिमहरु गर्दै आइरहेको छ ।
यसबाट धेरै व्यवसायी लाभान्वित भएका छन् । अटो इन्डण्ट्रिमा रहेका व्यवसायीले आफ्नो समस्या राख्ने स्थान भनेकै नाडा हो ।
आफूलाई परेका समस्या र दिन चाहेका फिडब्याक निर्धक्क साथ राख्न पाउने व्यवस्था गरेका छौं ।
हामी धेरै काम गर्न सफल भयौं । अब संस्थालाई अझै कसरी बलियो बनाउँदै लैजाने भन्नेतर्फ हामी लाग्नुपर्छ ।
देशका निर्माणका काम नभएको अवस्था छ । यस्तो समयमा ट्रक, ट्रिपर, पिक अप भ्यान लगायतका साधन कम प्रयोगमा आउँछन् ।
कन्ट्रक्सनका काम नहुँदासम्म कर्मसियल भेइकलको इण्डष्ट्री राम्रो हुँदैन । नेपालमा कन्जुमर बेस पनि घट्दै गएको छ ।
कन्ज्युम गर्नेहरु सबै विदेश जान थालेको अवस्था छ । विदेशिने क्रम बढिरहेको छ ।
कर्मसियल भेइकल इण्डष्ट्री बढिहाल्छ भन्ने लाग्दैन, बिस्तारै केही सुधार भने हुन्छ । अर्को वर्ष यो वर्षभन्दा सुधार हुँदै जान्छ भन्ने अनुमान छ ।
अहिले मानिसको मुभमेन्ट ठिकै छ । बाटो राम्रो बन्यो भने प्यासेन्जर क्यारियरमा धेरै सुधार आउँछ । अहिले हेर्ने हो भने बाटोको अवस्था कतैपनि राम्रो देखिदैन ।
यदी सरकारले पोलिसी राम्रो बनाउने हो भने कार जिप सेक्टरको बिजनेस पनि केही राम्रो हुन्छ । इन्ट्रेष्ट रेट इम्प्रुभ भयो भने केही परिवर्तन आउँछ ।
इलेक्ट्रिक भेइकल अन्तर्गत कार, जिपको कुरा गर्ने हो भने यसका लागि चाहिने मिनिमम इको सिस्टम बनिसकेको छ ।
चार्जिङको समस्या पनि त्यति हुँदैन, बनाउनका लागि पनि समस्या हुँदैन, ब्याट्रीको समाधान पनि हुन्छ ।
कन्फिडेन्स पनि बढ्दै गएको छ । इभीका लागि ल्याइएको अहिलेको पोलिसी सस्टेन रह्यो भने इभीको बिजनेश ठिकै रहन्छ ।
पोलिसीमा थोरैमात्र चेन्ज भयो भने त्यसको इम्प्याक्ट पर्न थाल्छ ।
अहिले धेरै इम्पोटरले खुलेर लगानी नगरेको अवस्था छ । कारण सरकारको अस्थीर नीति हो । कतिबेला के आउँछ भन्ने थाहा छैन ।
आज लगानी ग¥यो भोलि नीति परिवर्तन भएर गाडी बिक्री भएनन् भने लगानी त डुब्ने नै भयो ।
यति हुँदाहुँदै पनि हामीले लगानी भने गरिरहेका नै छौं । हामीलाई के थाहा छ भने फ्युचरको मोविलीटी भनेको इभी को हो ।