गुणस्तरीय हेल्मेटको प्रयोगले चोटपटकको सम्भावना निकै कम हुने

अति नै संवेदनशील बनिरहेको मोटरसाइक्लिस्ट सुरक्षा सम्बन्धि टाउकोको चोटपटक र हेल्मेटको महत्वबारे अध्ययन प्रतिवेदन हालै काठमाण्डौँमा सार्वजनिक गरियो ।

अध्ययन अनुसार कुल ४१९ घाइतेमध्ये मोटरसाइकल र दुई पाँग्रे सवारीसाधन प्रयोगकर्ता सबै भन्दा बढि ३४९ घाइते भएका  थिए ।

टाउकोमा चोट लागेको ६२ जना घाइतेहरु मध्ये एकजनाको मृत्यु भएको थियो, एक कोमामा, दुई स्थायी रूपमा घाइेते, तीन उपचारार्थ र ५५ जनाको निको भएको थियो ।

सबै प्रकारका चोटहरूमा पुरुषको संख्या बढी थियो ।

टाउकोमा चोट लागेका बिरामीहरूको उपचार निम्ति रु ३ हजार देखि १८ लाख सम्म खर्च लागेको सो अध्ययनले देखाएको छ भने घाइतेहरु औसतमा २३ दिन हस्पतालमा उपचारको निम्ति बसेका देखिन्छ ।

यसले  पीडितहरुको आर्थिक, सामाजिक तथा व्यक्तित्व विकासमा समेत अकल्पनीय असर परेको दर्साउँछ ।

प्रतिवेदनले दुई पाँग्रे सवारी साधन प्रयोग गर्दा राइडर र पिलियन राइडर दुबैले गुणस्तरीय हेल्मेटको सहि प्रयोगले टाउकोमा हुन सक्ने चोटपटकको सम्भावना निकै कम हुने देखाएको छ ।

साथै सडक दुर्घटना पश्चात गरिने आपत्कलीन उद्दारका वर्तमान अवस्थालाई पनि सुधार गर्नुपर्ने कुरा औल्याएको छ ।

अध्ययन कर्ताद्धय डा. समन अर्याल र डा. पुष्प राज पन्तले अध्ययन प्रतिवेदनको सारांश प्रस्तुत गर्दै नेपाल सरकार र सांसदले समेत अनाहकमा युवाहरुको अकाल मृत्युलाई रोक्न र नेपाली सडकलाई भरपर्दा बनाउन गम्भिर हुन आग्रह गरे ।

सार्वजनिकरणमा सडक सुरक्षाकी अध्येता भगवती सेढाई, नासा फाउण्डेसन नेपालका संयोजक कृष्ण सिंह बस्नेत, तथा मोटरसाइकल पिडित मध्येका एक गजेन्द्र बुढाथोकी र नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले प्रतिवेदन यथार्थपरक रहेको बताउदै दुई पाँग्रे सवारी साधन दुर्घटनाको रोकथामको निम्ति सवारी साधन प्रयोगकर्ता सबैले हेल्मेट लगाउनुपर्ने र अन्ततः सार्वजनिक यातायातको सुधार नै अन्तिम विकल्प रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *