२० वर्ष पुराना सवारीसाधनलाई ३५ दिनभित्र पत्रु बनाइ सक्नुपर्ने

वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले २० वर्ष नाघेका पुराना सार्वजनिक सवारीसाधनलाई ३५ दिनभित्र पत्रु बनाउन निर्देशन दिएको छ ।

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनका लागि पुराना सवारीलाई पत्रुमा लगेर विस्थापन गर्न लागिएको जनाएको छ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) मा सुरु दर्ता भएको मितिले विद्युतीय सवारी साधनको हकमा तीस वर्ष र अन्य सवारीको हकमा बीस वर्ष नाघेका सार्वजनिक सवारीलाई पत्रु गर्नुपर्ने व्यवस्था गरेकाले सो अनुसार यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पत्रु बनाइ सक्नुपर्ने छ ।

प्रचलित कानुन बमोजिम आफ्नो सवारी साधनको हालसम्म तिर्नुपर्ने राजस्व बुझाई सवारी साधन पत्रु गर्ने कार्य सक्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले पत्रु बनाउनुपर्ने सवारीको संख्या प्रदेशमा ५ हजार बढी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *