सवारी साधनको चोरीमा पनि निक्कै कमि आउछ

-लेखनाथ खतिवडा, सुचना अधिकारी

यातायात व्यवस्था कार्यालय, गुर्जधारा

 

सरकारले सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेटको प्रयोगलाई अनिवार्य नगर्दा यसको प्रयोग खासै बढ्न सकेको छैन ।

सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेटको प्रयोग गर्दा के फरक पर्छ भन्ने नै आम प्रयोगकर्तालाई जानकारी नभएको देखिन्छ । सरकारले कर उठाउन मात्र यसको प्रयोग गराउन खोजेको आम बुझाई छ ।

इम्बोस्ट नम्बर प्लेटको कारणले सवारीसाधनको नियमन गर्न सजिलो हुने यातायात व्यवस्था कार्यालय, गुर्जधाराका सुचना अधिकारी लेखनाथ खतिवडाले बताए ।

उनका अनुसार धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अंक राख्ने काम नै इम्बोस्ट नम्बर प्लेटको जडान हो ।

सुचना अधिकारी खतिवडाका अनुसार यो प्लेट जडान भैसकेपछि सवारी साधनको चोरीमा पनि निक्कै कमि आउनेछ । विभिन्न स्थानमा सोही अनुसारको गेटको निर्माण गरिने र उक्त गेटले हरेक सवारीसाधनको आवागमनको रेकर्ड राख्ने हुँदा पनि सवारीसाधनको अवस्थितिको जानकारी हुनेछ ।

साथै हालसम्म दर्ता भएका सवारीसाधनहरुमध्ये कतिवटा संचालनमा छन्, कतिले नविकरण वा कर तिरे नतिरेको सम्बन्धी एकिन विवरण समेत छैन ।

तर इम्वोस्ट नम्बर प्लेट जडानपछि यी यावत कुराहरुको समेत जानकारी एक क्लिक मै लिन सकिने सुचना अधिकारी खतिवडाले बताए ।

इम्बोस्ट नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ ।

जसको माध्यमबाट सम्बन्धित निकायले सवारीसाधनको अवस्थाको बारेमा सजिलै जानकारी लिन सक्दछ ।

सरकारले दुइपाँग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ, तीन पाँग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैंयाँ र ४ पाँग्रे तथा मझौला सवारीसाधनका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *