१. समय समयमा ब्याट्रीको पोलहरुमा जम्ने हल्का नीलो रगंको कोरोसन सफा गर्नुपर्छ ।
२. ईलेक्ट्रोलाईटको लेबल घटेमा (H2O) डिस्टील्ड वाटरले टपअप गर्नुपर्छ ।
३. ब्याट्रीलाई सधैं सफा र सुक्खा राख्नु पर्छ ।
४. भेन्ट प्लगको प्वाल खुला राख्नु पर्छ ।
५. ब्याट्रीलाई ओभर चार्ज गर्नु हुन्न र पुरै डिस्चार्ज हुने गरी प्रयोग गर्नु पनि हुँदैन ।
६. ब्याट्रीलाई जमिनमा राख्न हुँदैन । रबर म्याट वा काठको फलेकमा राख्नु पर्छ ।
७. ब्याट्रीलाई गाडीमा जडान गरे पछि टर्मिनलहरु राम्रोसंग कस्नु पर्छ ।
८. ब्याट्रीलाई गाडीमा जडान गर्दा ब्याट्री कल्याम्पले राम्ररी कस्नु पर्छ ।
९. ब्याट्रीलाई टर्मिनलसँग कसे पछि जेली दल्नु पर्छ ।
१०. ब्याट्रीलाई यताउता लाँदा, उचाल्दा छड्के पारेर लानु हुँदैन र पछार्नु हुँदैन ।
११. टर्मिनललाई कस्नु अगाडि वा कसी सकेपछि पोलहरुमा हेम्मरिङग गर्नु हुँदैन ।
१२ . ब्याट्रीको Electrolyte Level कायम गर्न कहिले पनि एसिड थप्नु हुँदैन ।