बाइक स्कुटरको सजिलो फाइनान्स

शुसिल सँग्रौला, निर्देशक

तपाइकोबजारडटकम

 

तपाइको आम्दानी स्रोत राम्रो भएपनि काठमाण्डौंमा घर घडेरी छैन भने बाइक स्कुटर फाइनान्स गर्न निक्कै गा¥हो छ । घरबेटीको सहयोग बिना यो काम गराउन असम्भव जस्तै छ । घरबेटीको नागरिकता, फोटो, लालपुर्जा, विजुलीको बिल इत्यादि पेश गरेर पनि घरबेटीको मन्जुरी नभएसम्म काठमाण्डौं भन्दा बाहिर घर हुनेलाई काठमाण्डौंमा बाइक स्कुटीको फाइनान्स गराउन असम्भव जस्तै छ ।

तर अब यसको लागि चिन्ता लिनु पर्ने समय सकिएको छ । काठमाण्डौंमा तपाइको आफ्नै घर घडेरी नभएमा पनि घरबेटीको सहयोग बिना नै बाइक स्कुटीको फाइनान्स गराउन सम्भव हुने भएको छ । यसका लागि तपाइकोबजारडटकमले व्यवस्था मिलाएको छ ।

तपाइकोबजारडटकमले तपाइले रोजेकै ब्राण्ड र मोडेलको बाइक वा स्कुटी खरिद गर्न सकिने व्यवस्था समेत मिलाएको छ । नेपालमा चलेका करिब ७ बटा ब्राण्डका बाइक तथा स्कुटी खरिद गर्न सकिने तपाइकोबजारडटकमका निर्देशक शुसिल सँग्रौलाले बताए ।

खरिद गर्दा ताका आवश्यक परेमा फाइनान्सको सहज व्यवस्था, विमामा सिधै ग्राहकलाई छुटको व्यवस्था, सर्भिसमा कम्पनीले दिने भन्दा अतिरिक्त फ्रि सर्भिसको व्यवस्था, पिकअप एण्ड ड्रपको व्यवस्था लगायतका सेवा यो साइटबाट उपलब्ध गराइरहेको निर्देशक सँग्रौलाले बताए ।

अहिलेलाई वेवसाइटबाट यी सबै कामको व्यवस्था मिलाइरहेको भएता पनि भविष्यमा मोवाइल एप्स विकास गरिने उनले बताए ।

आजको जमानामा त्यसै पनि अधिकाँस ग्राहकहरु इन्टरनेटको माध्यमबाट सवारीसाधनको छनौट गर्ने प्रचलन बढीरहेको अवस्थामा यस्तो खालको सेवाले झनै सजिलो बनाउने उनको दावी छ । बजारमा चलेका थुप्रै ब्राण्डका मोडेलहरु राखिएको हुनाले पनि एकै ठाउँबाट छनौट गर्न सजिलो हुने उनको तर्क छ ।

कुनै पनि ग्राहकले आफ्नो वेवसाइटबाट कुनै पनि बाइक वा स्कुटी बुक गरेमा बुक गरेको आधा घण्टा भित्र डेलिभरी दिन सकिने उनले बताए ।

7 thoughts on “बाइक स्कुटरको सजिलो फाइनान्स

  1. Namaste Mero nameNiroj Thakuri Ho
    Hal mah kadaghari ma basdai aayeko xu
    Mah janmeko mero janma esthan sindhupalchok ho Pariwar utai hununxa malai
    0 % Downpayment ma Bike chyeo mero prabhu bank ma Account khulayeko xa karib 5/6/7 lakh samma ko cash out cash in gareko xu tara maile rugular chalaudina bank ma paisa chai rakhi rakhdina malai ns 200 non abs bike chyeko xa 7% to 12% Yearly intrest mero gurainter koi hununna ra mah saga dhito rakhna ni kei xaina mah nepali nagarik hu vanera janani mero Nagarita ra Pasport matra xa ra tesma mah basobas garne thauko ullekh xa so malai bike chayeko huda ra cash na vayeko karan maile kinna sakeko xuina Pls saknu hunxa vani malai contact garedenus 9843923738 saknu hunxa vani response garedenu hola…?

Leave a Reply

Your email address will not be published. Required fields are marked *