मोटरसाइकल वासिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु

१। मोटरसाइकल वासिङ सुरु गर्नु पहिले इन्जिन पुरा चिसो अवस्थामा रहनु आवश्यक रहनु आवश्यक छ ।
२। वासिङ गर्दा सधैं चिसो पानी र वासिङ सेम्पुको प्रयोग गर्नु पर्दछ ।
३। वासिङ सुरु गर्नु पहिले इलेक्ट्रिकलसँग सम्बन्धित सबै तारको कनेक्टर र कपलर स्पार्क प्लाग, कैप कभर आदि सम्पूर्ण रुपमा टाइट अवस्थामा रहेको हुनुपर्दछ ।
४। मोटरसाइकलबाट इग्निशन स्वीचमा रहेको साँचो बाहिर निकाल्नु आवश्यक रहन्छ ।
५। मोटरसाइकलमा पानीको फोर्सले सफा गर्ने कार्य माथिको भागबाट सुरु गरेर बिस्तारै तलको भाग तर्फ सफा गर्दै जानु पर्दछ ।
६। इन्जिनको तलको भाग र बढी माटो वा धुलो टाँसिएर रहने भागमा कमलो ब्रशको प्रयोग गरेर सफा गर्न सकिन्छ ।
७। तातो वा वार्म पानीको प्र्रयोग गर्नु हुदैन । किनभने मेटल पाटर््समा खिया लाग्ने सम्भावना रहन्छ ।
८। पेन्टेड पार्ट्समा (सेतो) र धेरै धुलो भएमा पाटर््स (रातो) सफा गर्ने फरक फरक रङको वासिङ स्पन्ज प्रयोग गर्नु पर्दछ ।
९। इन्जिन पार्ट्स र पेन्टेड पाटर््सको लागि फरक फरक सेम्पुको बाल्टिन प्रयोग गर्नु पर्दछ ।
१०। इलेक्ट्रिकल पार्ट्स र कनेक्टर्सहरुमा सिधा पानीको फोर्स दिनु हुदैन ।
११। पेन्टेड पार्ट्सहरुमा पनि बढी प्रेसरकोे प्रयोग गर्नु हुदैन ।
१२। वासिङ प्रक्रिया सकिनु लगतै हावाको प्रेसरबाट मोटरसाइकल ड्राई गर्नु आवश्यक हुन्छ ।
१३। वासिङ प्रक्रियामा साधारण साबुन वा सोलुसनको प्रयोग गर्नु हुदैन । यसको सिधा असर पेन्टेड र प्लेटेड पार्ट्सहरुमा पनि जान्छ ।
१४। सम्बन्धित कम्पनीबाट तोकिएको वासिङ सेम्पुको मद्दतबाट वासिङ गर्नु पर्दछ ।
१५। प्रेसर भएको हावाको मद्दतबाट पार्ट्समा रहेको पानीको मागलाई ड्राई गर्नु पर्दछ ।
१६। वाक्स पोलिस गर्नु हुदैन, कम्पनीबाट सिट फ्युल टैंक, इन्जिन । तोकिएको सिलिकन वेस लिक्विड पोलिसको प्रयोग गर्नु पर्दछ ।
१७। पोलिस गर्दा ब्रेक, डिस्क र टायरहरुमा पोलिसको प्रयोग गर्नु हुदैन ।
१८। सम्बन्धित पोलिसलाई क्रोम, आल्मुनियन स्टेनलेस, स्टिल र एग्जस्ट सिस्टमको पार्टहरुमा लगाएर साइनिङ गर्नु पर्दछ ।
१९। हेन्डलबाट ग्रीपमा पानीमा वा ग्रिज लागेको हातले समाउनु हुदैन ।
२०। पार्टमा पोलिस राखेर लामो समय सम्म त्यसै राख्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *