इन्जिनमा आफै हावा भित्रिने इन्जिनलाई न्याटूरल आस्पिरेटेड इन्जिन भनिन्छ भने टर्बो चार्ज जडित इन्जिनलाई टर्बोचार्ज इन्जिन भनिन्छ । टर्बोचार्ज नभएको इन्जिनमा इन्जिनको सिलिन्डर भित्र वातावरणमा भएको १४.४ प्रति पिएसआई अर्थात प्रति स्कवायर इन्चको प्रेसर अर्थात चाप हुन्छ भने टर्बोचार्ज इन्जिनको सिलिन्डरमा वातावरणकम भएको १४.४ पिएसआइ भन्दा बढाई टर्बो चार्जरले हावा पम्प गरेर भित्र निरन्तर पठाई रहेको हुन्छ ।
इन्जिन सिलिण्डर भित्र जति बढी हावाको चाप पु¥याउन सकिन्छ त्यति बढी इन्जिनको शक्ति बढ्छ ।
टर्बो चाजको बनावट
टर्बोचाज एकातिर एलाओ एलुमिनिएमको र अर्कातर्फ फलामको शंखको जस्तो आकारको हुन्छ ।
यस भित्र एउटै रडमा एकातिर टर्बाइन र अर्को तर्फ एम्पेलर हुन्छ र उक्त रडमा स्टिलको सिल रिङ लागेको हुन्छ जसले टर्बोलाई लुिब्रक्याण्टको लागि व्यवस्था गरिएको ओईल लिकेज हुनबाट रोक्छ । रड बुस बेरिङगमा अडिएको हुन्छ । टर्बोचाज र प्रमुख तया इन्जिनको क्षमता बढाउन जडिएको हो ।
चल्ने प्रकृया
जब इन्जिन चालु गरिन्छ तब इन्जिनबाट निस्केको धुवाँ अर्थात् एग्जष्ट ग्याँसले टर्वाइनलाई घुमाउँछ । यसरी घुमाउँदा अर्कोतर्फ जडिएको एम्पेलर घुम्न पुग्छ फल स्वरुप बाहिरको हावा तानेर भित्र पठाउने कार्य हुन्छ ।
टर्बोचाज एक मिनेटमा १२५०००-१४०००० (एक लाख पचीस हजार देखि एक लाख चालीस हजार) सम्म घुम्छ ।
टर्बो चाजरमा आउने खराबी
एयर क्लिनरले राम्ररी छान्न नसकेर धुलो धेरै टर्बोचाजर भित्र पुगेमा वा समयमा सर्भिसिङ नगर्दा इन्जिन आयल बाक्लो भई टर्बो चार्जरबाट रिटर्न हुने पाईप जाम भएमा सील बिग्रिन गई इन्जिन आयल बाक्लो भई टर्बो चार्जरबाट रिटर्न हुने पाईप जाम भएमा सील बिग्रिन गई इन्जिन आयल लिक हुने समस्या आउने गर्दछ । एम्पेलर साइडमा सिल लिक भएमा आयल इन्जिन भित्र गई जलेर बाहिर जाने गर्दछ । यस्तो अवस्थामा इन्जिनबाट धेरै धुवाँ आएको देखिन्छ । टर्बाइन साइडमा लिक भएमा इन्जिन फोहोर देखिन्छ । यी दुवै अवस्थामा इन्जिन आयल घट्न जान्छ ।
टर्वाइन पट्टीको सील लिक भएमा एग्जष्टपट्टी आयल लिक भएको देखिन्छ र एग्जष्ट मेनि फोल्ड र वरिपरि इन्जिन आयल चुहिएर इन्जिन फोहोर देखिन्छ । यस्तो भएमा पनि इन्जिन आयल घट्छ र थपिरहनु पर्ने हुन्छ ।
कहिले काही टर्बाइन तथा एम्पिलर जाम भई आवश्यक आरपिएम मा नघुमेमा इन्जिनलाई आवश्यक मात्रामा हावा नपुग्नाले इन्जिनको शक्ति उत्पादनमा ह्रास आउने इन्जिन गर्माउने आदी समस्या आउँछ । यस्तो भएमा टर्बोमा लागेको हावा पस्ने पाईप छुटाई एम्पिलरलाई घुमाएर ढक (प्ले) छ कि जाम भएको छ कि लुब्रिकेण्ट लिकेज छ कि आदी चेक गरेर समस्या देखिएमा किट वा कोर किट बदलेर समस्या ठिक गर्न सकिन्छ ।
टर्बो चार्जर इन्जिन स्टार्ट गरेपछि कम्तिमा एक मिनेट पछि मात्र इन्जिन रेस गर्नुपर्छ र इन्जिन रेस भइरहेको अवस्थामा एक्कासी बन्द गर्नु हुदैँन ।