जेनिसिस ग्रुपले वर्षापछि टुरलाई जारी राख्छ

– अतीत श्रेष्ठ (टुरर)
एमडी, जेनेसिस क्याफे

जेनेसिस क्याफेका सञ्चालक अतीत श्रेष्ठ मोटरसाइकल लभर हुन् । उनी २००७ मा अस्ट्रेलिया गएका थिए । अस्ट्रेलिया बस्दा उनको प्यासन कुकिङ भएकाले त्यहाँ कुकिङ प्रोफेसन गरेर बसेका थिए । उनकै भाषामा उनको विगत ः

अहिलेको उनको अवस्था
अस्ट्रेलिया बस्ने सिलसिलामा मोटरसाइकल लभर भएको नाताले हामीले अस्ट्रेलियामा बाइकर्स अस नेपाल भनेर नेपाली राइडिङ कमिटिको सुरुवात ग¥यौं । विभिन्न राइडिङहरु पनि ग¥यौं । भूकम्पका लागि च्यारिटी राइड ग¥यौं र उठेको पैसा लिएर नेपाल आएर पनौतीमा विद्यार्थीका लागी एउटा घर बनायौं । सिन्धुपाल्चोकमा दुईवटा स्कुल बनायौं । सन् २०१५ मा नेपाल आइसकेपछि हामीले प्यासन र प्रोफेसनलाई मिक्स गरेर जेनेसिस क्याफे सुरु ग¥यौं । त्यसपछि हामीले अफरोड टुरिङलाई निरन्तरता दियौं ।
आफ्नो प्यासनअनुसार क्याफेमा हामीले विभिन्न मोटरसाइकल र पार्ट्सहरु सजाएर राख्यौं अनि मचाहिँ सेफ भएकाले मैले आफ्नो कामलाई निरन्तरता पनि दिएँ । म अहिले कहिले मोटरसाइकलमा र कहिले फोर ह्विल ड्राइभमा गाउँगाउँमा पुगेर त्यहाँका उत्पादन ल्याएर यहाँ उपभोग र बिक्री पनि गर्छु । म मुख्य गरी यसका लागि मुस्ताङ र सोलखुम्बु पुग्छु । केही सामान जुम्ला, चित्लाङ, डोल्पालगायतका स्थानबाट आउँछन् । त्यहाँबाट मकै, सिमी, आलु, बाख्राको चीज ल्याउँछौं । खानेकुरामा इटालियन र फ्रेन्च जति धनी छन् हामी पनि धनी छौं । ती कुरा अगाडि बढून् भनेर हामी काम गरिरहेका छौं । गाउँगाउँ पुग्दा हामी त्यहाँको कल्चरको पनि अध्ययन गर्छौं । मुस्ताङ जाँदा थकालीसँग, सोलु जाँदा शेर्पासँग र चित्लाङ जाँदा त्यहाँका रैथानेहरुसँग बसेर हामी कल्चर अध्ययन गर्छौं । यो क्षेत्रमा पुग्न मलाई मेरो अटोले सहयोग गर्छ । यसले टुरिजम प्रमोसन पनि हुन्छ । हामीले यी विषयलाई प्रमोट गर्न डकुमेन्ट्री पनि बनाएर राखेका छौं । मैले गाउँगाउँ घुमेर विभिन्न सामान ल्याएको व्यवसायका लागि नभई सामाजिक क्षेत्रको लगानी पनि हो ।

राइडिङको सुरुवात
हाम्रो राइडिङ नेपालमा सुरु भएको सन् २००५ देखि हो । त्यो बेलामा हामी घरबाट फोनको पैसा तिर्न पठाउँदा बुवाको बाइक लिएर विभिन्न क्षेत्रमा घुम्न जान्थ्यौं अनि लाइन भएर ढिला भयो भन्थ्यौं । हामीले गरेको पहिलो टुरचाहिँ पोखरा, हेटौंडा हुँदै कुलेखानीको बाटो काठमाडांैको थियो । त्यो टुर निकै रमाइलो थियो । त्यो संकटकालको समय थियो । मेरो कपाल लामो थियो । अरुलाई छोड्दिन्थ्यो अनि आर्मीले मलाई बोलाएर ‘के हो भाइ, कपालमा बम लुका’को छ कि?’ भन्थ्यो । हामी हेटौंडा आइपुग्दा अनिश्चितकालीन बन्द थियो । अनि केही दिन त दाइहरुकोमा बस्यौं । अनि त अति भयो भनेर कुलेखानीको बनिरहेको बाटो काठमाडौं आयौं । अस्ट्रेलिया बस्दा पनि हामी नेपाल आएको बेला हेलम्बु, टिम्बुलगायतका स्थानमा गएका थियौं । २०१० मा नेपाल आउँदा हामी मुस्ताङ गयौं । १२ मा फरक खालको टुर गर्ने योजनाका साथ हामी सुरुमा हेटौंडा, त्यहाँबाट लुम्बिनी, लुम्बिनीबाट कोहलपुर गयौं । कोहलपुर पुग्ने जंगलमा रातिको समयमा एउटा बाइकको चेन छिन्यो । फोन पनि लागेन सुरुमा । पछि बल्ल फोन लागेपछि साथीहरुले गोरु बाँध्ने दाम्लो ल्याए । त्यसमा बाइक बाँधेर भालुवाङ पुग्यौं । त्यहाँ बाइक बनाउन नपाएपछि हामी लमही पुग्यौं र बाइक बनायौं । त्यहाँबाट कोहलपुर हँुदै कैलाली पुग्यौं । त्यहाँ केराबाट मात्रै बन्ने आइटम भएको रेस्टुराँमा गयौं, कुराकानी ग¥यौं । घोडाघोडी, त्यसपछि हामी स्वर्गद्वारी, खलङ्गा, अर्घाखाँची, तम्घास हुँदै पाल्पा गयौं । हामीले बोकेको नक्सामा बाटो थिएन, तम्घासबाट पाल्पा जाने । बाटो होला भनेर ग’को, आली–आलीबाट पाल्पा पुग्यौं । पाल्पा, स्याङ्जा, पोखरा हुँदै काठमाडौं । २०१३ मा पनि नक्साको आधारमा पूर्व घुर्मी, हलेसी, दिक्तेल, भोजपुर, धरान, इलाम, श्रीअन्तु, लाहान, बर्दिबासबाट हेटौंडा अनि फेरि काठमाडौं आयौं । २०१५ मा हामी लोमान्थाङ पुग्यौं, तर त्यो बेलामा हामी उचित सेफ्टी र उचित सेफ्टी गियर लिएर मात्रै घुम्न थाल्यौं । त्यसपछि म फुड एड्भेन्चरका लागि ट्राभल गर्न थालें । फुड एड्भेन्चर सुरु गरेपछि सोलु, मुस्ताङलगायतका स्थानमा फेरि पुगियो । त्यसपछि डटबाइक लभरहरुको जेनेसिस एडभेन्चर ग्रुप बन्यो । उपत्यकाको २० किलोमिटर रेडियसमा रहेका शिवपुरी, बेथानचोकलगायत उपत्यकानजिकका धेरै स्थान हामीले एक्सप्लोर ग¥यौं ।
हाम्रो २०१९ मा सबैभन्दा ठूलो ट्रिप लोमान्थाङमा भएको थियो । १४ वटा बाइक ४ वटा फोर ह्विल ड्राइभसहित हामी त्यहाँ गएका थियौं । रारा पनि यही सिलसिलामा गएका थियौं ।
म ७ देखि १५ सम्म अस्ट्रेलिया बसें । बीचबीचमा धेरै टुरका लागि नेपाल आएको थिएँ । सोलुको धावन मार्गमा एउटा चार्ज तिरेर त्यहाँ मैले डुकाटी बाइक चलाएको थिएँ ।

भविष्य
एड्भेन्चर टु अन टोल्ड गुडिज भन्ने भन्ने एउटा सिरिज गर्दै छु । यो १० भाग भइसकेपछि यसैलाई बुकको रुपमा निकाल्दै छु । यो भोलुम–१ सफल भयो भने एड्भेन्चर टु अनटोल्ड गुडिज साउथ एसिया पनि निकाल्ने योजना छ ।
हाम्रो काम नेपाल सरकारले मन पराएपछि भिजिट नेपाल–२०२० ले एड्भेन्चर अफरोडको ३ मिनेटको भिडियो र फुड एड्भेन्चरको ३ मिनेटको भिडियो लिनुभएको छ । त्यो वेबसाइडमा पनि छ ।
म हस्पिटालिटी कन्सल्ट्यान्टको रुपमा पनि काम गरिरहेको छु । त्यसमा हामी डिजाइनिङ, कन्स्ट्रक्सनदेखि अपरेसन पनि गर्र्छौं ।
म विभिन्न स्थानमा पुग्दा त्यहाँको कल्चर लोप हुन लागेको पाउँछु । म जोगियोस् भन्न चाहन्छु । पुराना सबै कल्चर, हेरिटेजका विषय लोप हुन लागेका छन् । त्यसलाई हामीले जोगाउनुपर्छ । तपाईंलाई दसैं पहिलाको जस्तै लाग्छ त ?

टुरिजम प्रमोसन
एग्रो टुरिजम प्रमोट गर्नुपर्छ । अटो टुरिजम पनि प्रमोसन गर्नुपर्छ । युनिक एड्भेन्चर गर्ने स्थान नेपालमा धेरै छन् । लोमान्थाङमा वर्षमा एकचोटि टिजी फेस्टिबल हुन्छ । त्यस्ता धेरै फेस्टिबल पनि नेपालमा छन् । जात्रालाई प्रमोट गर्न सकिन्छ । होमस्टे अझै प्रमोट गर्दै जाने हो कि भन्ने मलाई लाग्छ ।
एग्रो टुरिजमको मोडलमा फार्म बनाउने । पुरानो टेकनोलोजी प्रयोग गर्ने । पानी घट्ट बनाउने, बिजुली निकाल्ने, उब्जाउने र टुरिस्टलाई फार्ममा अनुभव गर्न दिऊ । यस्ता धेरै काम गर्न सकिन्छ । असारमा धान रोप्न बोलाऊँ, मंसिरमा धान काट्न बोलाऊँ । दाची इँटा बनाउन सिकौं ।
अस्ट्रेलियामा कच्ीच सडक हुँदैन । फार्ममा कतिले बनाएका हुन्छन् । तर सार्वजनिक स्थानमा कच्ची सडक पाइँदैन ।
लोकल कुरालाई प्रमोट गर्ने गरी रेस्टुरेन्ट चलाएका छौं । यो समूहले चलाएको रेस्टुरेन्ट हो । जेनिसिस ग्रुपले वर्षापछि टुरलाई जारी राख्छ । हो, मसँग वान पिस ११९८ मोडलको डुकाटी छ । जुन नेपालमा एक पिस मात्रै छ । बेलाबेलामा चलाउँछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *