सिप्रदीले बिक्रीपछिको सेवालाई राम्रोसँग बुझेर त्यही खालको इकोसिस्टम तयार पारेकै कारण टाटाका गाडी नम्बर वान बनेका हुन् । त्यही भएर सिप्रदी र हाम्रो सम्बन्ध मजबुत छ। सिप्रदीले गाडी बिक्री गर्न भन्दा पूर्वाधार तथा सर्भिस सेन्टरहरु स्थापनामा जोड दिएको छ। सिप्रदी ब्रान्ड नेपालमा विश्वासिलो यसै कारण भएको छ।
टाटाले पनि सबै प्रकारले सिप्रदीलाई सहयोग गरिरहेको छ। हामीले अहिले भारतबाटै नै समन्वय गरेर नेपालमा कुनै प्यासेन्जर सवारीमा समस्या आएमा त्यसको समाधान गर्ने काम गरिरहेका छौं। यस्तै दक्ष जनशक्ति तयार पारिएका छन्। सर्भिसिङमा कुनै समस्या नआओस् भन्नेमा हामी पनि चनाखो छौं। हाम्रो सर्भिसलाई ग्राहकहरुको घरमै दिन सक्ने एक खालको योजनाहरु बनाएका छौं। साथै ग्राहकहरु जहाँ गएर रोकिनु हुन्छ, त्यही स्थानमा टाटाको सर्भिस टिम उपलब्ध हुनेछ। इभी किन्नु अघि नै सिप्रदीले इकोसिस्टम तयार पारिरहेको छ ।
नेपालमा टाटाको सबैभन्दा धेरै चार्जिङ नेटवर्क एसी चार्जर १०० भन्दा धेरै र फाष्ट चार्जिङ १९ वटा विस्तार भएका छन्। यस्तै ५० वटा भन्दा धेरै इभीको लागि छुट्टै सर्भिस सेन्टरहरु सञ्चालन भएका छन्। साथै प्राविधिक टोलीहरु पनि तयार पारिरहेको छ ।
टाटाले इभीलाई फुल्ली रुपमा डिजिटल बनाउने प्रयास गरेको छ। चार्जिङ एपहरु बनाएको छ । जसले गर्दा कुनै ठाउँमा पुग्नु भन्दा अगावै चार्जिङ स्टेसन खाली छ की छैन भन्ने कुरा थाहा पाउन सक्नेछन्। ग्राहकहरुले आज गाडी किन्दै छन् भने उनीहरुलाई समस्या नआउने वातावरण तयार गर्नुपर्छ।
यो अहिले हाम्रो सुरुवात मात्र हो। यसलाई अझै विस्तार गर्ने योजनामा हामी छौं। त्यसैले हामीले दीर्घकालीन रूपमा टाटाको नेटवर्क विस्तार गर्न लागि परेका छौं। यसका लागि केही लगानीहरुको योजनाहरु तयार भएका छन्। जसले गर्दा सर्भिस सेन्टरहरुको विस्तार, दक्ष जनशक्ति उत्पादन, स्पेयर पार्ट्स, नयाँ प्राविधिलाई व्यवहारमा ल्याउन सहज वातावरण बनाउने लगायतका कुरामा अझै टाटाले काम गर्ने योजना रहेको छ। यसमा हामीले नेपाली बजार र ग्राहकहरुको माग अनुसार विद्युतीय र इन्धन दुवैलाई समेटेर लैजानेछौं।