उपभोक्तालाई युरोप स्ट्यान्डरको सेवा दिदैं – क्यास अन ह्विल

विश्वमा नै रिकन्डिसन गाडीको राम्रो बजार छ । नेपालमा पनि पछिल्लो दिनमा यो व्यवसाय फस्टाउँदै गएको छ । अहिले उपत्यका र उपत्यकाबाहिर दर्जनौं रिकन्डिसन हाउस छन् भने कतिपय पुराना गाडीको किनबेच अन्य विभिन्न माध्यमबाट पनि भइरहेको छ । नेपालमा गाडीको किनबेच गर्न सेयरको कारोबार गरे जस्तो बिचमा एजेन्टको आवश्यकता पर्दैन । त्यसैले अहिले कुनै पनि गाडी एउटा व्यक्तिले अर्को व्यक्तिलाई सजिलै बेच्न सक्छ । तर एउटा क्रेताले सजिलै विक्रेता भेट्न सक्दैन । त्यसैले उसले रिकन्डिसन हाउसमा गएर गाडी किन्छ । क्यास अन ह्विल नामक कम्पनीले एउटा फरक कन्सेप्टका साथ पुराना गाडी विक्रेताबाट क्रेतामा पु¥याउने कार्यको थालनी गरेको छ । यो विषयमा हामीले गरेको कुराकानी :

के हो क्यास अन ह्विल
ह्विललाई क्यास गर्नुपरेमा यो कम्पनीलाई सम्झनोस् भनेर हामीले यो कम्पनीको नाम क्यास अन ह्विल राखेका हौं । हामी गाडी र केही क्रुज तथा एक्सक्लुसिभ बाइकलाई क्यास गरेर विक्रेतालाई सहयोग गर्छौं । बिक्री हुने भएकाले विक्रेता तथा क्रेता दुवै पक्षलाई फाइदा हुन्छ । हाम्रो कन्सेप्ट रिकन्डिसनको भन्दा फरक कन्सेप्ट हो । रिकन्डिसनमा गएर गाडी दिँदा विक्रेताले वास्तविक मूल्य नपाउन पनि सक्छन् । हामीसँग आउँदा गाडीको वास्तविक मूल्य पाइन्छ । किनकि हामी विक्रेतालाई क्रेता भेट्टाइदिए बापत सामान्य सर्भिस चार्ज बापत रु. २५ हजार मात्रैै लिन्छौं । हाम्रो सर्भिस भनेको सीटुसी अर्थात् कस्टुमरको कस्टुमरसँग भेट्टाइदिने । त्यसैले विक्रेता र क्रेता दुवै हामीसँग खुसी हुनुभएको छ । हामीले मात्रै दुई महिनाको अवधिमा ४० वटाभन्दा बढी गाडी बेचिसकेका छौं । हामीले स्मार्ट स्टाफ राखेर आधुनिक सेवा दिएका छौं । विक्रेतासँग वा क्रेतासँग कमिसन लिएका छैनौं । मात्रै विक्रेतासँग सर्भिस चार्ज लिएका छौं, क्रेतासँग कुनै खालको पनि चार्ज लिएका छैनौं । भोलिका दिनमा हामी यो सेवाका अतिरिक्त अटो टेस्ट र अटो पार्कलाई पनि अगाडि बढाउँदै छौं । त्यसका लागि सुकेधारामा दुई रोपनी जग्गामा हाम्रो आउटलेट बन्दैछ । अटो टेस्टले गाडीको अवस्था थाहा पाउनका लागि एमआरआई गर्छ भने अटो पार्कमा अटोका विभिन्न खालका सेवाका अतिरिक्त बस्ने खाने स्थान पनि हुन्छ । अटो टेस्टले गाडीको राम्रो नराम्रो दुवै अवस्था पत्ता लगाउँछ । अटो टेस्टबाट गाडीको हरेक पार्ट्सको अवस्थाका अतिरिक्तकुनै ठोक्किएको वा दुर्घटनामा परेको गाडीको पनि पहिचान हुन्छ । क्यास अन ह्विलको अहिलेको सेवा भोलिको अटो टेस्ट र अटो पार्कका लागि चाहिने उपभोक्ताको तयारी पनि हो ।

यो सेवाको प्रक्रिया
पहिला हामी विक्रेताले गाडी बेच्न चाहनुको कारणको खोजी गर्छौं । त्यसपछि गाडीको अवस्था ५१ वटा मापदण्डको अध्ययन मार्फत पत्ता लगाउँछौं । त्यसका आधारमा हाम्रो भ्यालुएटर अमिर श्रेष्ठमार्फत गाडीको भ्यालुएसन गराउँछौं । त्यो मूल्यको पुनः मूल्यांकन गरी मूल्य तोक्छौं । त्यसपछि विक्रेताको पनि चाहना बुझेर अन्तिम मूल्य निर्धारण गरेर अर्को कस्टुमसरसँग भेट्टाइ दिन्छौं । तत्काल क्रेताको पहिचान भएन भने गाडीको फोटो र मूल्य समावेश गरी डिजिटल मार्केटमा राख्छौं । हाम्रो क्यास अन ह्विलको साइडका अतिरिक्त इन्स्टाग्राम, फेसबुक र हाम्रो बजारमा पनि राख्छौं । हाम्रै मात्र साइड पनि दिनमा ५ हजार व्यक्तिले हेरिरहेका छन् । तीमध्ये केही न केहीले त अवश्य किन्छन् । गाडीको क्रेताको पहिचान गरेपछि हामीसँग बसेर दुई पक्षबीच कुराकानी गराउँछौं । कुरा मिलेको खण्डमा हामी क्रेतासँग टोकनमनी लिएर हाम्रो वकिलमार्फत कागज गराउँछौं र विक्रेतालाई केही एड्भान्स पनि दिन्छौं । त्यसपछि तोकिएको दिनसम्म गाडी पास गर्ने प्रक्रिया हुन्छ । हामीले तोकेको मूल्यमा खासै नेगोसिएसन हुँदैन । गाडी हामी लिएर रिकन्डिसन हाउसलाई पनि दिन्छौं । किनकि त्यहाँ ग्राहक कुरिरहेका हुन सक्छन् । क्रेतासँग यदि अर्को सवारी छैन भने हामी क्रेतालाई पिकअप गरेर विक्रेताको गाडी देखाउने काम पनि गर्छौं ।

गाडी किनेर राख्छ कि राख्दैन
रिकन्डिसन हाउसले जस्तो यो कम्पनीले गाडी किनेर राख्दैन । तर कहिलेकाहीं अन्य रिकन्डिसन हाउसलाई गाडी दिनुपरेको खण्डमा भने कम्पनीले विक्रेताले बेच्न चाहेको गाडी केही मार्जिन राखेर अन्य रिकन्डिसन हाउसलाई दिन्छ । कुनै गाडी कम्पनीको नाममा नै पास गर्नुपरेको पनि छ । तर यो कम्पनीको मुख्य काम कस्टुमर टु कस्टुमर नै हो । त्यसैमा हाम्रा कस्टुमर सन्तुष्ट छन् । हामीले उपभोक्तालाई युरोप स्ट्यान्डरको सेवा दिएका छौं । हाम्रो सेवा भनेको क्रेता र विक्रेता बीच हुने लफडालाई नियन्त्रण गर्ने हो । हामीले वकिल राखेर कागज गराउनुको कारण पनि त्यही हो । हामी आधी पैसा लिएर गाडी पठाउँदैनौं । क्रेता र विक्रेताबीच कुरा हुँदा पनि हामी सँगै बस्छौं । टेस्ट ड्राइभ गर्दा पनि हामी हाम्रो स्टाफ राख्छौं । मैले यो कम्पनी खोल्नु भन्दा अगाडि नै रिकन्डिसन धाएर त्यो विषयको अध्ययन गरेको थिएँ । त्यसैले हामी हाम्रो सेवामा झन्झट नहुने गरी कारोबार गर्न लगाउँछौं ।

यो टेक्निकको सुरुवात
म नेपाल बाहिर बसेर अटो क्षेत्रमा लामो समय काम गरें । म आईटीको पनि विद्यार्थी हुँ । मैले डिजिटल मार्केटिङमा मास्टर पनि गरें । मैले दुबईको अलफुटिन कम्पनीमा बसेर एरिया म्यानेजरका रुपमा काम गरें । त्यो कम्पनीले होन्डा, टोयोटा, लेक्सेस र जिप ब्रान्डका गाडीको कारोबार गर्छ । त्यहाँ मैले एक्सचेन्जमा आएको गाडीको भ्यालुएसन गर्न पनि सिकें । लकडाउन अगाडि सानो कामले नेपाल आएको थिएँ , बीचमा लकडाउन भयो । अनि खाली बस्नै सकिनँ र सानो अध्ययन गरें । डिजिटल मार्केटिङ मार्फत गरेको क्याम्पमा निकै राम्रो रेस्पोन्स आयो । अनि मैले क्यास अन ह्विलको सुरुवात गरें । भोलि यो अटो पार्कका रुपमा विकसित हुनेछ । अहिले पनि हाम्रा विक्रेताले बेस्ट भ्यालु पाउनुभएको छ भने क्रेताले उचित समयमा गाडी पाउनुभएको छ ।

डिजिटल मार्केटिङ
डिजिटल मार्केटिङ सोसियल मिडिया मार्फत गरिने मार्केटिङ हो । यसको मार्केटिङ फेसबुक, म्यासेन्जर, ट्विटर, इन्स्ट्राग्राम, जिमेल, ब्लगिङस् र कुनै पनि नेटको प्रयोग हुने साइडमार्फत गर्न सकिन्छ । ती सबै माध्यममा कनेक्सन हुने गरी मार्केटिङ गर्दा छोटो समयमा धेरै व्यक्तिहरूमा सूचना पु¥याउन सकिन्छ । गुगलमा तपाईंले चाहेको पाउनु हरेक कुरा पाउनुहुन्छ । उसले तपाईंलाई निःशुल्क देखाउँदैन, किनकि गुगलले जसले त्यो चिज देखाउन चाहन्छ ऊबाट पैसा असुलेको हुन्छ । यो मेरो अध्ययनको विषय भएकाले मैले क्यास अन ह्विललाई डिजिटल माध्यमले प्रमोसन गरिरहेको छु ।

क्यास अन ह्विललाई किन सम्झने ?
पारदर्शी र झन्झटरहित तरिकाले उचित मूल्यमा गाडीको किन बेचका लागि हामीलाई सम्झन सक्नुहुन्छ । यसले क्रेता–विक्रेता दुवैलाई फाइदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *