सुजुकी ईलेक्ट्रीक अल्टो र वैगन आर निर्माणमा ई–ट्रो
Auto Nepal
November 16, 2018

विश्व अटो बजारमा पछिल्लो समय इलेक्ट्रीक भेइकलको लोकप्रियता बढ्दै गइरहेको छ । धूलो, धूवाँ, ध्वनी लगायतका विभिन्न प्रदुषणलाई रोकी स्वच्छ वातावरण निर्माणमा विद्यूतीय भेइकलले अहम् भूमिका निर्वाह गर्ने हुँदा विद्यूतीय सवारी साधनको प्रयोगलाई उच्च सम्बोधन गर्दै विश्वका चर्चित अटो कम्पनीहरु इलेक्ट्रीक भेईकल उत्पादनमा केन्द्रीकृत भैरहेका छन्, जसकारण पनि अटोमोबाइल्स क्षेत्रमा इलेक्ट्रीक भेइकलले आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्दै गएको देखिन्छ ।

मारुती सुजुकीले इलेक्ट्रीक भेइकल उत्पादन गर्न ई–ट्रो प्लान्ट नै स्थापना गरेर काम गरिरहेको छ । ई–ट्रो भारतको पहिलो कम्पनी हो जसले सफलतापूर्वक भारतको अटोमेटिक रिसर्च एसोसिएसन अफ इन्डियाको स्वीकृति प्राप्त गरेको छ । इ–ट्रो पहिलोपटक सुजुकी अल्टो र वैगन आर निर्माणमा लागी परेको छ । ई–ट्रोले प्रतिमहिना १००० सम्म इलेक्ट्रीक भेइकलको उत्पादन गर्नेछ । कम्पनी दुई वर्षसम्म कारको परिक्षणको लागि लागी परेको छ भने त्यसपश्चातको एक वर्षभित्र ५००० कार उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

विद्यूतीय अल्टो र वैगन आर सुजुकीका ती कार हुन् जसमा कुनै गेयरको आवश्यक पर्दैन । जसले एकपटकको चार्जले १५० किलोमिटर सम्मको दूरी पार गर्न सक्नेछन् ।

फोटोः एक्सप्रेस ड्राइभ