४२८ किमीसम्म माइलेज दिने विद्युतीय एमजी जेडएस
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
July 31, 2019

नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रि–बुकिङ प्रारम्भ गरेको छ ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।

यो नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु राखिएको छ । प्रिमियम विशालदर्शी सनरुफ तथा आरामदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेका छन् । यसमा ३ वटा ड्राइभिङ मोडहरु रहेका छन् जसले गर्दा डाइभरहरुले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् ।

ग्राहकहरुले १ लाख डिपोजिट गरेर आफ्नो लोकप्रिय गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्नेछन् । सो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ । जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ । नयाँ एसयूभी एमजी जेडएसको शुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सो मूल्यमा ७ किलोवाट एसी चार्जरको मूल्य पनि समावेश गरिएको छ ।

Email: info@eautonepal.com