१२ करोडको लगानीमा आकाशे पुल निर्माण गर्दै कामनपा
Auto Nepal
November 22, 2018

बढ्दो जनसंख्याको चापलाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि काठमाण्डौं महानगरपालिकाले यस वर्षको बजेटमा १२ करोड रुपियाँ नयाँ आकाशे पुल निर्माणको लागि बजेट विनियोजन गरेको छ । कामनपाले एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो ।

माइतीघर र चाबहिलमा निर्माण गर्न लागिएको पुलको नमूनासमेत तयार भइसकेको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाको अन्य ८ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने जनाएको छ ।

महानगरपालिकाले ट्राफिक प्रहरी र सडक विभागसँगसहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने जनाएको छ । आकाशे पुल बनाउने अन्य सम्भावित स्थानका रुपमा टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला लगायतका स्थान रहेका छन् ।