होन्डाको सबैभन्दा महंगो बाइक नेपालमा
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
January 26, 2020

स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा भित्र्याएको नयाँ बाइक गोल्डविङको मूल्य सार्वजनिक गरेको छ । उक्त बाइकको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो बाइकमा एप्पल कारप्ले पनि रहेको छ । यसमा इन्जिनको पावर १८८३ सीसी रहेको छ भने ६ वटा सिलिन्डरको प्रयोग गरिएको छ । यसले १२५ बीएचपी पावर र १७० एनएम पिक टर्क जेनेरेट गर्छ । यसलाई आवश्यकता अनुसार इको, रेन, टुरिङ र स्पोर्ट गरी चार मोडमा चलाउन सकिन्छ । यसमा न्यानो सिट, इलेक्ट्रिकल्ली एड्जस्टेबल विन्डस्क्रिन र किलेस स्टाट को पनि सुविधा रहेको छ ।