होण्डा एक्टीभाको ६.जी बि.एस.६ मोडर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
February 27, 2020

भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने स्कुटर होण्डा एक्टीभाको नयाँ मोडल ६.जी.बि.एस.६ भारतीय बजारमा आइसकेको छ । यसको लुक र डिजाएन मा त्यस्तो केही परिवर्तन गरेको छैन । यो स्कुटर दुई वटा भेरिएन्टमा एउटा स्ट्यान्डर र अर्को डिलक्समा उपलब्ध छ । यसमा एउटा जेनेरेटर पनी रहेको छ जसले गर्दा ब्याट्री चार्ज गर्न र ईन्जिनलाई सजीलै स्टार गर्न मद्दत गर्दछ । यसमा पहिलाको भन्दा फुट बोर्डको लम्बाई, ग्राउण्ड क्लियरेन्स र व्हील बेस बढाइएको छ ।

यो स्कुटरमा ११० सि.सि को ईन्जिन रहेको छ । जसले ७.८ पि.एस को पावर प्रदान गर्छ भने ८.८ एन.एमको टर्क पावर जेनेरेट गर्दछ । यसको माइलेज पहिलाको भन्दा १० प्रतिशतले बढेको छ । यसको टप स्पीड ८५ कि.मि पर आवर रहेको छ । १०७ किलो. भार भएको यो स्कुटर चलाउन एकदम सजिलो रहेको छ । यसको मूल्य स्ट्यान्डर ६३ हजार ९ सय भारु र डिलक्सको ६५ हजार ४ सय भारु रहेको छ ।