हैट् ! वडाध्यक्ष ; मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना ?
Auto Nepal
September 28, 2018

असोज १२, गुल्मी । ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भने झैं अहिले हाम्रो देश नेपालमा यो उखान टुक्का ठ्क्कै मेल खाइरहेको छ । जात्रा मात्र होइन यहाँ त गाईजात्रानै भइरहेको भान हुन्छ । भर्खरै मात्र यस्तै एउटा व्यथिति र मनलाग्दीको जात्रा बाहिरिएको छ । समाचार हो गुल्मीको ।
वडाध्यक्षले मोटरसाइकलमा ड्राईभर भर्ति गरे रे ।
राज्यका उच्च अहोदामा पुगेका नेता तथा अधिकारीले गाडी र चालक सुविधा लिने गरेको कुरा त नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् ।
उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका हुन् । गाउँपालिका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् ।
मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलाई चालक राखेका छन् ।
जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।
चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाईकलमा राखेर उनले भनेको ठाउँमा पुर्याउनु हो ।