हुन्डाईको नयाँ ईलेक्ट्रिक एसयुभी सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
January 31, 2019

काठमाडौं, नेपालको लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरनेशनल प्रा.लिले हुन्डाईको नयाँ ईलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको छ । राजधानीको तिनकुनेस्थित हुन्डाईको आफ्नै शोरुममा कार्यक्रमको आयोजना गर्दै कम्पनीले हुन्डाईको नयाँ विद्युतीय एसयुभी कोना इभी नेपाली बजारमा सार्वजनिक गरेको हो । यो पहिलो पूर्ण ईलेक्ट्रिक सब–कम्प्याक्ट एसयुभी  गाडी भएको कम्पनीले जनाएको छ ।


आकर्षक लुक्स दिने यो कारमा क्लोज्ड ग्रीले र अद्भूत बाहिरी डिजाइन छ भने यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहज रुपमा सिफ्ट बाइ वायर मोडलले गाडी चलाउन सहयोग गर्दछ । यो कोना इभीको सफल रेन्जको सबैभन्दा नयाँ मोडल हो । जसले १३५ पीएसको पावर दिन्छ भने सिंगल चार्ज गर्दा ३०० किलोमिटर भन्दा बढिको रेन्जमा ईलेक्ट्रिक ड्राइभिङ रेन्ज दिन्छ । भिन्न टप बटम ीभ्म् म्च्ीक र हेडल्याम्प , ढाकिएको फ्रन्ट चार्ज पोर्ट, ीभ्म् रियर ल्याम्पहरु, अटोहोल्डका साथ ईलेक्ट्रिक पार्किङ ब्रेक, प्याडल र सिफटर, तातो र हावा जाने फ्रन्ट सिटहरु , ताररहित चार्जर, ६ एयरब्यागहरु , हिल एसिस्ट कन्ट्रोल लगायतका विशेषताहरु यो गाडीका मूख्य विशेषता हुन् ।
अत्याधिक प्रभावकारी र वातावरणमैत्री सवारी साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई पूर्ण गर्दै हुन्डाई मोटरले कोना इभीको साथ उल्लेखनयि फड्को मार्न सफल भएको छ । यो सबै प्रयोजनको लागि चलाउन मिल्ने अद्भूत डिजाइन भएको अत्याधुनिक गाडी भएकाले सबैका लागि उपयुक्त हुने सङकेत देखिएको बताउँदै आफ्ना भावी ग्राहकहरुका लागि ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फमेन्समा कुनै सम्झौता नगरी वातवरण मैत्री गाडी ल्याउन तयार रहेको समेत कम्पनीले बताएको छ ।