हुन्डाईको इलेक्ट्रिक कार आयोनिक अटो शोमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 11, 2018

हुन्डाई मोटर्सका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक कार आयोनिक  नाडा अटो शोमा प्रदर्शन गर्ने भएको छ ।

मिड साइज्ड सेडान आकारको यस कारमा ८६ किलोवाटको इलेक्ट्रिक मोटर लगाइएको छ ।

 

कारमा ड्युअल एलईडी लाइट, सुरक्षाका लागि ७ वटा एयर ब्याग, सिक्स व्रेकिङ सिस्टम उपलव्ध गराइएको छ । ५ सिट क्षमताको यो कारले सेफ्टिमा फाइभ स्टार रेटिङ सहित उत्कृष्ट नतिजा हात पारेको छ । यसको अधिकतम पावर १ सय २० विएचपी र टर्क २ सय ९० न्युटन मिटर रहेको छ ।

 

कारलाई एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर सम्म चलाउन सकिन्छ ।

तत्कालका लागि यो कार खरिद गर्न भने पाइने छैन । यसको सर्भिस सेटअप तयार पारे पछिमात्र विक्री गर्ने कम्पनीले जनाएको छ ।

यसको मुल्य नेपाली बजारमा ५२ लाख ९६ हजार पर्ने कम्पनीले बताएको छ ।