हिरोको नयाँ एक्स्ट्रिम २०० आर बाइक नाडा अटो शोमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 11, 2018

हिरो बाइकको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले हिरोको नयाँ एक्स्ट्रिम २०० आर बाइक सार्वजनिक गरेको छ ।
कम्पनीले प्राविधिक रुपमा सर्वोत्कृष्ट एवं युवा लक्षित मोटरसाइकल उपलब्ध गराउने प्रतिबद्धता अनुरुप नेपालमा पनि सो मोटरसाइकल सार्वजनिक गरेको छ । एक्स्ट्रिम २०० आर बाइक चलाउदा रोमान्चकताको अनुभव हुनुका साथै यसमा एन्टी–लक ब्रेकिङ सिष्टम लगायतका विभिन्न सुविधा सहित उपलब्ध गराइएको छ । यसको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यसमा प्रयोग गरिएको हलुका तर दहिृलो फ्रेमका कारण उच्च गतिमा पनि अत्यधिक स्थिरता राख्न र कठिन मोडहरुमा पनि मोटरसाइकल कन्ट्रोल गर्न सकिन्छ । यसमा नयाँ प्रणालीको BSIV २०० सीसी एयरकुल्ड इन्जिन छ । यसले १८.४ पीएस पावर र १७.१ एनएम टर्क उत्पादन गर्छ । शून्य देखि ६० किलोमिटरको दुरी पुरा गर्न सो बाइकलाई ४.६ सेकेन्ड मात्र लाग्छ । यस एक्स्ट्रिम २०० आर बाइकको अधिकतम गति प्रतिघण्टा १ सय १४ किलोमिटरसम्म छ ।
आकर्षक इन्धन ट्यांकी, स्पोर्टी हेडलाइट, गाइड लाइट सहितको छुट्टै आकारको एलईडी र अन्य विभिन्न लाइटहरुका कारण सडकमा यात्रा गर्दा जसलाई पनि यो बाइककोे लुक्सले आकर्षित गर्ने कम्पनीको दावी छ ।