हार्ले डेभिड्सनको बिजुलीबाट चल्ने मोटरसाईकल
Auto Nepal
September 5, 2019

हार्ले डेभिड्सन भन्ने बित्तिकै ती हेभी, चर्को आवाज आउने क्रुज बाईक आउछ, हाम्रो दिमागमा । यी नै हार्ले डेभिड्सनले आफ्नो पहिलोे बिजुलीबाट चल्ने मोटरसाईकल हालै सार्वजानिक गरेका छन् । यो बाईकको नाम हो Livewire ।

यो बाईक एक पटकको चार्जमा २३५ किमीसम्म कुद्न सक्छ । Livewire पहिला २०१९ मा अमेरिका, क्यानडा र केहि युराेिपयन देशमा मात्र बिक्री गरीनेछ र पछि २०२०, २०२१ मा विश्व बजारमा उपलब्ध हुनेछ । अमरिकामा यो बाईक दुई वर्षसम्म निशुल्क चार्ज (500KWH) गर्न पाईनेछ ।

२९ हजार ७९९ डलर मुल्य पर्ने यो बाईक 0-100kmph, ३ सेकेन्डमै पुग्छ र 100-129kmph 1.9 सेकेन्डमै पुग्छ । यसको ब्याट्री फुल चार्ज हुन १ घन्टा लाग्छ र 0 – 80% चार्ज हुन ४० मिनेट लाग्छ ।

यसमा Reflex Defensive Rider Systems, ABS, Cornering Enhanced Traction Control System, Drag-Torque Slip Control System, a 4.3-inch colour TFT touchscreen, Daymaker LED headlamp, H-D Connect जस्ता अत्याधुनिक प्रविधीहरु जडान गरीएको छ । यो बाईक ७ वटा विभिन्न राइडीङ मोडमा चलाउन सकिन्छ ।