हार्ले डेभिटसनको महंगा बाइक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
October 15, 2019

नेपालमा धेरै वटा ब्राण्डका महंगा बाइकहरु आएका छन् । कति ब्राण्डले अर्डर आएको खण्डमा एक करोड भन्दा माथिका बाइक ल्याउने जानकारी दिएका छन् । तर आइएमई अटोमेटिभ प्रालीले नेपालमा अमेरिकन कम्पनी हार्ले डेभिटसन ब्राण्डको बाइक ९० लाखमा बेचेको छ ।
यो नै नेपालमा बिकेको मंहगो बाइक हुन सक्छ । त्यो बाइक हार्ले डेभिटसनको आइरन ८८३ मोडलको सफटेल बाइक हो । १८०० सिसिको यो बाइकमा ६ वटा गियरहरु छन् । त्यस्तै अहिले शोरुममा आइरन ८८३ मोडलको स्पोर्टस् बाइक छ । यो ५ गियर भएको ८८३ सिसिको बाइक हो । दुई रंगमा उपलब्ध यो बाइकको मुल्य ४० लाख कायम गरिएको छ । आइएमई अटोमोटिभ प्रालीका बिक्री प्रतिनिधी लक्ष्मण बिक्रम थापाले दिएको जानकारी अनुसार यो बाइकको खोजी बाइकको बिशेष प्यासन भएका र आर्थिक क्षमता भएका उपभोक्ताले मात्र गर्छन् ।