हाइबेको हब, टुप्पीको होटल
Auto Nepal
November 22, 2018

कामको सिलसिलामा हामी पोखराका लागि निस्कियौं । लोकल बसमा हिँड्दा पो बसले नै खाजा घर तथा होटलमा लगेर रोक्दिन्छ र त्यही खाजा तथा खाना खानपर्छ, खाजा पसल खाना पसल खोज्ने झन्झट उठाउँनपर्दैन । यात्राको क्रममा राम्रो खाजा तथा खाना घर भेट्नु पनि खुसी हुने ठूलो आधार हो ।
भोकले त थानकोटमै पेटमा आइपियल म्याच खेल्न सुरु गरिसकेको थियो । खाजा खाने प्रस्ताव राख्दा रोशन सरले तिमीलाई म आज मीठो लोकल चिकेन ख्वाउँछु भन्नुभयो । कहाँ भन्दा मलेखू । खानु ठूलो कुरो हो लेख्नु त धेरै पछिको कुरो पो हो नि । म लेखूँ १ मनमनै दोहोराएँ । भोकले बुर्कुसी मारिरहे पनि रोशन सरको प्रस्ताव अस्विकार गरेर लोकल चिकेनलाई रिजेक्ट गर्न म चाहन्नथेँ । दसैँमा गाउँ गाउँ लोकल कुखुरा खोज्दै भड्किए पनि कुखुरा नभेटेको सम्झना आयो । हाम्रो टार्गेट भयो टुप्पी खाजा घर । मलेखू चोक भन्दा अलि पर रहेछ होटल । लोकल कुखुरा, त्यसमाथि ग्याँसमा नभै आगोमा पकाएको । आगोमा पकाएको खानेकुराको स्वाद नै पृथक लाग्ने आफूलाई । आहा १ मुख मिठ्याएँ ।


चिकेन अर्डर गरिहाल्यौं । भिड पनि त्यस्तै रहेछ । सर्भिस राम्रो रहेछ भिड भएपनि । पछि बुझ्दा थाह भयो परिवार पनि त्यतै बस्ने रहेछ, ७ जना स्टाफ पनि रहेछन् र सर्भिसिङ राम्रै हुँदो रहेछ भिडमा पनि । ५–१० मिनेटमा चिकेन आइपुग्यो । आहा १ कति स्वादिलो हो । खाएर थप एक एक प्लेट अर्डर ग¥यौं । रोशन सरको पहिल्यैदेखि राम्रो चिनाजानी रहेछ । कुरा गर्दै स्वाद लिई लिई चिकेन खायौं, अरु मैले थपिनँ चिकेनै थपें । ५–७ वर्ष जति मात्र भएको रहेछ होटलाको स्थापना भएको । छोटो समयमा राम्रो लोकप्रियता हाँसिल गरेको रहेछ पसलले । सीप भए त विदेश जान नपर्दो रहेछ । साहूजीले भने ‘‘विदेशमा कमाई राम्रो हुने हैन, त्यताको महंगी बराबर ठीक्कको मात्र हो बचाएर यता पठाए पो त्यो रुपियाँ यता बढी देखिने हो विदेश भन्नु त मोहमाया मात्र हो कमाई त स्वदेशमै हुन्छ ।’’ मैले मजाक गर्दै भनें ‘‘ तपाईँकै छेउछाउमा सबैले लोकल चिकेन खाजा घर खोल्न थाल्लान् है साहूजी, जान्दिनुस् कम्पिटिसन कम हुन्छ ।’’ हाँसोले महिफिल जमायो, हाँसो भन्दा मिठो थियो चिकेन ।


खाजा खाइवरी हामी निस्किने तयारी गर्न थाल्यौं । बुझ्दा थाह भयो पसल त रकेट पारामा कुदेको रहेछ , औषतमा दिनमा ५० कुखुरा जाँदो रहेछ । कुखुराको भने सटेज भइरहेको रहेछ । ४० वर्षिय युवाले देशमै यति राम्रो गरिरहेको देख्दा खुसी लाग्यो । त्यो बाटो हिँड्नेहरुको त जक्सनकै रुपमा स्थापित भइसकेको रहेछ ‘टुप्पीको खाजा घर’ । चिकेनको प्रशंसा गर्दै ‘‘फर्किदा एक छाक नखाईकनै टन्नै भोकाएर फर्किन्छौं है’’ भन्दै हामी यात्रामा अघि बढ्यौं ।