स्विफ्टको तेस्रो संस्करण
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
August 29, 2018

सुजुकीका चारपाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्नो प्रतिष्ठित ब्रान्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ ।
यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रिल, एलइडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय ह्विल तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियरसहित एक उत्कृष्ट डिजाइनका साथै १.२ लिटर भिभिटीजस्ता प्रविधिले उच्चस्तरीय पर्फमेन्स दिने कम्पनीले बताएको छ ।

इन्जिन
सुजुकी स्विफ्ट थर्ड जेनेरेशनमा आईपुग्दा यसको च्यासीस र डिजाईनमा समेत धेरै परिमार्जन गरिएको छ । १२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिन दिइएको यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ ।

इन्टेरियर
यसमा एप्पल कार प्ले तथा एनड्रोइड अटो दुबै सपोर्ट गर्ने टर्चस्क्रीन इन्फोटेन्डमेन्ट सिस्टम दिइएको छ । नयाँ डिजाइनको ड्युलटोन कलरमा ड्यास बोर्ड र स्टेरिङ्ग ह्विल सजाइएको छ । ग्लोसी तथा म्याट मेटेरीयलको कम्बीनेसनले कारको भित्री डिजाईनलाई उत्कृष्ट लुक्स दिएको छ । यसमा २६८ लिटरको बुट स्पेश रहेको छ, जुन पुरानो जेनेशनको स्विप्mट भन्दा ५८ लिटर बढी स्पेश हो ।

आउटलुक
कारको अघिल्लो भागमा अलब्ल्याक ग्रिल र नयाँ सेपको हेडलाईट दिइएको छ, जसमा एलईडी डेटाइम रनिङ्ग लाईट तथा प्रोजेक्टर हेडल्याम्प जडान गरिएको छ । पछाडि रहेको सिसेप एलईडी टेललाईट र बम्परमा नयाँ सेप दिइएको छ । डबलटोन डायमण्ड कट एलोय ह्विल, पिलर डोरह्यान्डल र प्mलोटीङ्ग रुफले कारलाई अझ स्पोर्टी देखाएको छ ।

च्यासिस
थर्ड जेनरेसन सिग्नेचर डिजाईन रहेको यो कारको लागि नयाँ ‘हार्टटेक’ च्यासीस प्ल्याटफर्ममा बनाइएको छ । जसको निर्माणमा हाइटेन्सिल स्टील प्रयोग भएको हुन्छ । यो निकै लाईट वेट तर बलियो प्रकारको हुन्छ, जसले कारलाई हलुका तथा थप बलियो त्र्mयास सेप्mटी बनाउने काम गर्छ । यसको प्रयोगले चलाउन आरामदायी, छिट्टै रोकिने र मोडहरूमा अझ सजिलो हुने छ भने, प्mयुलको खपतसमेत कम गर्छ ।

सेप्mटी फिचर
यस कारको दुबै भेरिएन्टमा यात्रु एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुअल एयरब्याग, इबिडीसँगै एबिएस, आइसोफिक्स र टोटल इफेक्टिभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको हो । साथै अगाडिको बम्परमा विशेष प्रकारको मेटिरियल्स् तथा डिजाइनको प्रयोगबाट पैदलयात्रीको सुरक्षालाई समेत ध्यान दिइएको छ । एबिएस, इबिडीलगायतका सुरक्षा उपकरण जडान भएका छन् ।
सुजुकीको अभिनव पाँचौं संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेशन पर्फमेन्ससहित बजारमा ल्याइएको छ ।