स्कोडा भिजन आइ एन कन्सेप्ट
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
February 6, 2020

अटो एक्सपो २०२० मा स्कोडा भिजन आइ एन कन्सेप्ट पनि शोमा रहेको छ । उक्त गाडीको लम्बाई ४२५६ एमएम, व्हील बेश २६७१ एम. एम र उचाई १५८९ एमएम, रहेको छ । यसमा १.० लि. टिएसआई र १.५ लि.को टिएसआईको प्रेट्रोल इंजिन पाउनु हुन्छ । यसको टर्क पावर २५० एन. एम. छ भने ०–१०० को स्पीड लिन जम्मा ८–९ सेकेन्ड लाग्छ । यसमा दुई वटा ग्यर बक्समा ७ स्पीड दुवल क्लच र ६ स्पीड म्यानुअलमा पाउनुहुन्छ । यसको टप स्पीड १९५ कि. परआवर रहेको छ । यसमा १९ ईन्चको एलोव्हील र फूल ग्यासरुफ यसको मूख्य आकर्षण रहेको छ । यसको अनुमानित मूल्य ९ लाख देखि १५ लाख भारु. रहेको छ ।