स्कोडा कोडियाक, सेभेन सिटरमा सेभेन स्पिड अटोमेटिक गियर बक्स
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 18, 2018

 

 

एमएडब्लुले यस वर्षको नाडा अटो सोमा स्कोडाको पहिलो फुल साइज्ड एसयुभी कोडियाक प्रदर्शन गरेको छ ।

केही समअघि देखि नै शोरुममा राखिएको भए पनि अटो शोमा भने पहिलो पटक प्रदर्शन गरिएको हो ।

२००० सिसी, फोर सिलिन्डर इन्जिन भएको यो सेभेन सिटरमा सेभेन स्पिड डिएसजी अटोमेटिक गियर बक्स रहेको छ । कोडियाको डिजेल इन्जिनले अधिकतम १४८ बीएचपी शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्छ । स्कोडा कोडियाकमा अलह्विल ड्राइभ र बर्ग वार्नर अनडिमान्ड फोर बाई फोर सिस्टम रहेको छ । यो एसयुभी ४,६९७ एमए लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो छ भने यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । कोडियाकको बुटस्पेस २७० लिटर छ जसलाई दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर २ हजार ५ लिटरसम्म पुर्याउन सकिन्छ ।

आधुनिक युरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई ग्रिल रहेको छ । १८ इन्चको एलोइ ह्विल रहेको कोडियाकमा थ्रि डि लुक दिने टेलल्याम्प रहेको छ । यसमा ८ इच्नको टकस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ वटा स्पिकर भएको ७५०डब्लु क्यान्टन अडियो सिस्टम छ । अन्य सुविधाहरूमा पानोरामिक सनरुफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला, डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च आदि छन् । भर्चुअल पेडल यसको अर्को विशेषता हो जसको सहयोगमा हातको सहयोग विनै खुट्टा उठाएर बुट खोल्न सकिनेछ । सुरक्षाका लागि यसमा ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेक आदि छन् ।

यसको मुल्य नेपाली बजारमा १ करोड ४९ लाख रुपैयाँ निर्धारण गरिएको छ ।