सोनीको पहिलो इलेक्ट्रीक कार
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
February 3, 2020

सोनिले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘भिजन एस’ अमेरीकामा सो गरेको थियो । उक्त कार बिना ड्राइभर पनि चल्न सक्ने बनाएको छ । चार सिट भएको उक्त कारको व्हील बेस 3m., लम्बाई 4.89m., चैडाई 1.9m, र उचाई 1.4m. रहेको छ । भने यो कार 2350kg. को रहेको छ । उक्त कार लाई ड्राइभर लेश बनाउनको लागी कार को बाहिर र भित्र गरी ३३ ओटा क्यामरा र सेन्सर लगाएको छ । यसको भित्री भागमा मल्टी स्क्रिन टचडिस्प्ले पाउनुहुने छ । जसमा मुभी हेर्ने, मोबाइ कनेट गर्नु का साथै कारको जानकारी पनि राख्न सक्ने छ । यो कारमा 200kw. को दुई ओटा मोटर लगाईएको छ । यो कारको टप स्प्रिड 240km/h रहेको छ । यो कार एक चोटी चार्ज गर्दा कति कि. मि चल्छ, यसको मूल्य र लन्च हुने समय कम्पनीले जानकारी दिएको छैन ।