सेनाको हेलिकोप्टर दुर्घटना, १८ जनाको मृत्यु
Auto Nepal
August 31, 2018

भाद्र १५, एजेन्सी । इथियोपियामा सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । इथियोपियाको मध्य भागमा पर्ने डायर गावा र विशोफ्टुको बीचमा बिहीबार उक्त हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा परि हेलिकोप्टरमा सवार सबै १८ जनाको मृत्यु भएको फाना प्रसारण निगमले जानकारी दिएको छ ।

हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए।
यसअघि पनि सन् २०१३ मा इथियोपियाको मोगादिसुमा सैन्य विमान दुर्घटना भएको थियो । जुन दुर्घटनामा चालक दलका चार जनाको मृत्यु भएको थियो।