सिप्रदी स्कुल बसमा अग्रणी स्थानमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
February 22, 2019

 

टाटा मोटर्स आफंैमा मजबुत, बलियो र गुणस्तरीय सवारीसाधन उत्पादन गर्ने कम्पनी भनेर चिर परिचित छ । जस्तो कि टाटा भन्नेबित्तिकै मान्छेहरू बलियो बुझ्छन् । सन् १९४५ मा भारतमा टाटा मोटर्स कम्पनी स्थापना भएको थियो । यो भारतकै सबैभन्दा बढी उत्पादन गर्ने अटोमोबाइल उत्पादक कम्पनी हो । यसले विश्वमै एउटा छुट्टै छाप छोड्न सफल भएको छ । किनभने विश्वस्तरीय म्यानुप्mयाक्चरिङको लागि यसले मार्कोपोलोसँग सहकार्य गर्दै आएको छ ।
मार्कोपोलो विश्वकै एक प्रख्यात मोटर्स बडी बिल्डिङ कम्पनी हो । उत्कृष्ट बडी बिल्ड गर्ने कम्पनीमध्ये मार्कोपोलो प्रमुख तिनमा पर्छ । यो ब्राजिलमा अवस्थित छ । यो बडी बिल्डर कम्पनीले समयको माग र ग्राहकको अपेक्षा अनुरुप प्रचलित नयाँ नयाँ कला र प्रविधि अनुसारको ढाँचामा उत्पादन गर्छ । सुरक्षा र गुणस्तरका लागि मार्कोपोलो विश्वमा नै चिरपरिचित नाम हो । यसैकारण टाटा मोटर्सले पनि मार्कोपोलोसँग सन् २००६ मा जोइन भेन्चर भएर सहकार्य गर्दै अगाडि बढेको पाइन्छ । सबै कुराको व्यवस्थापनमा असहज अनुभुती देखिएपछि आनो ब्रान्ड मूल्यलाई बढाउन टाटाले मार्कोपोलोसँगको सहकार्य थालेको हो । मार्कोपोलोले अहिलेसम्म २ लाखको हाराहारीमा साना ठूला गाडीको बडि बनाईसकेको छ ।
यो सन् २००८ मा आइएसओबाट सर्टिफाइड भएको कम्पनी हो । साथै यो मार्कोपोलो ब्च्क्ष् र ऋक्ष्च्त् बाट पनि प्रमाणित भैसकेको विश्वकै प्रसिद्ध कम्पनी हो । आकर्षक बनावट, मजबुत ढाँचा र सुरक्षा यसका प्रमुख उद्देश्य हुन् । यो कम्पनीले १६ सिट देखि ८० सिटसम्म क्षमता भएका गाडीको बडि बनाईरहेको छ ।
सिप्रदी ट्रेडि∙ सन् १९८२ मा स्थापना भयो र अहिलेसम्मको समयलाई हेर्दा सिप्रदी र टाटासँगको सहकार्य ३७ वर्षको दौरानमा छ । सिप्रदीले विश्वबजारका १५ वटा टप ग्लोबल ब्रान्डलाई अगाडि बढाएको छ । सिप्रदीसँग मात्रै छ वटा अन्डर कम्पनीहरू छन् । नेपालको ट्रेडिङ इन्डष्ट्रीमा नै यो सबैभन्दा ठूलो र धेरै करदाता कम्पनीमा पर्छ । यसले सम्पूर्ण नेपालीको मन जित्न सफल भएको छ । सिप्रदी सबैको मुखमा झुन्डिने शब्द बनेको छ । यो सिप्रदीले दिलाएको विश्वास गुणस्तरीय सेवाको कारण नै हो ।
सिप्रदीका हाल ३१ वटा बिक्री केन्द्र, २९ वटा सर्भिस सेन्टर, २३० वटा आधिकारिक स्पेयर्स पार्ट्स आउटलेटहरू र ११०० वटा टच प्वाइन्टहरु रहेका छन् । देशैभरी यसले आप्mनो सन्जाल विस्तार गर्न सफल भएको देखिन्छ ।
सन् २०१० भन्दा अगाडी नेपालमा प्रभावकारी रुपमा स्कुल बस नै भन्ने तोकेर बस निर्माण गरेर बजारमा ल्याउने वातावरण खासै थिएन । पछिल्लो समय विद्यार्थीहरूको चाप र सुरक्षाको पाटोलाई हेर्दै स्कुल बसलाई संवेदनशील पार्टको रुपमा हेर्ने र बुझ्ने चलनको विकास भयो । सडकमा सवारीसाधनको बढ्दो चाप देखेर सिप्रदीले यसको आवश्यकता बोध गर्दै नेपाली बजारमा टाटाको सहकार्यमा उत्कृष्ट स्कुल बस उत्पादन गरी आयात गर्न थाल्यो । त्यसपछि स्कुल बसप्रतिको आम मानिसको धारणा नै चेन्ज भयो । त्यसकारण बजारको माग र आवश्यकतालाई सम्बोधन गर्न सिप्रदी जहिले पनि एक कदम अगाडि हुने गर्छ ।
त्यही कुरालाई सम्बोधन गर्ने क्रममा सिप्रदीले १४ सिट क्षमताका विङ्गर भ्यानदेखी लिएर २६ देखी ५६ सिट क्षमतासम्मको रेन्जमा स्कुल बसहरू उपलब्ध गरायो । त्यसै क्रममा सन् २०१४ मा कम्पनीले प्रिमियम भेइकल मार्कोपोलो अल्ट्रा स्टार बस नेपाली बजारमा भित्र्यायो । जस अन्तर्गत स्ट्यान्डर र प्रिमियम गरी दुई वटा सेग्मेन्ट रहेका छन् । स्टान्डर सेग्मेन्टमा मार्कोपोलो स्टार बस र सिटी राइड स्कुल बस गरी दुईवटा मोडल छन् भने प्रिमियम सेग्मेन्टमा मार्कोपोलो अल्ट्रा स्टार बस एउटा मोडल रहेको छ । स्ट्यान्डर सेग्मेन्टमा २६ देखि ५० सिट क्षमताका र प्रिमियम सेग्मेन्टमा ३८ देखि ५६ सिट क्षमताका गाडीहरू विभिन्न मोडलहरुमा उपलब्ध छन् ।

हाल टाटाका स्कुल बसहरू विभिन्न मोडलमा न्युनतम २९ लाख २० हजारदेखी अधिकतम ४३ लाख ९० हजार मुल्यको रेन्जहरूमा उपलब्ध छन् ।