सन् २०१९ को फेब्रवरीमा आउने भो महिन्द्रा एक्सयुभी३००
PRAYASH
December 28, 2018

काठमाडौं । महिन्द्राको नयाँ उत्पादन एक्सयुभी३०० यहि नयाँ वर्षमा २०१९ मा आउने भएको छ । भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राले नयाँ वर्षको शुरुवातसँगै फेब्रेवरीमा आफ्नो नयाँ उत्पादन एक्सयुभी३०० लाई सार्वजनिक गर्ने भएको हो । यसका लागि सबै तयारी पुरा भइसकेको समेत कम्पनीले बताएको छ ।

मार्जोज् जस्ता विश्वस्तरिय एमयुभी गाडी बजारमा ल्याईसकेको महिन्द्राले पछिल्लो समय एसयुभी गाडी उत्पादनमा जोड दिएको देखिन्छ । यसअघि महिन्द्राले एसयुभी सेग्मेन्टमै एक्सयुभी५०० लाई बजारमा ल्याईसकेको छ । एक्सयुभी३०० पनि एक्सयुभी५०० जस्तै एसयुभी जीप सेग्मेन्टको कार हो । तर सार्वजनिक हुँदै गरेको एक्सयुभी३०० भने पहिलाको एक्सयुभी५०० भन्दा अझ विशिष्ट रहेको कम्पनीले बताएको छ ।

भारतीय बजारमा महिन्द्राले एक्सयुभी३०० को बुकिङ समेत खुल्ला गरिसकेको छ । अहिले सम्म गाडीको बजार मूल्य नतोकिएतापनि एक्युभी३०० को ८ देखी ९ लाख भारु सम्म पर्न सक्ने कम्पनीले जनाएको छ ।
महिन्द्राले कोरियन ब्राण्ड स्याङ्योङको टिबोलीसँग कोलाब्रेट गर्दै एक्सयुभी३०० लाई बजारमा ल्याउने भएको हो । जुन कार विश्व प्रसिद्ध रहेको छ । यसले सन् २०१५ देखि अहिले सम्म विश्वभर २ लाख ६० हजार गाडी विक्रि गर्न सफल भईसकेको छ ।

एक्सयुभी३०० मा पनि कम्पनीले मजबुद शक्तिशाली इन्जिनको प्रयोग गरेको छ । जसले यो कारलाई एसयुभीमा अहिले सम्मकै उत्कृष्ट्र उत्पादन मानिएको छ । महिन्द्रा एक्सयुभी३०० तिब्र गतिमा कुदाउन सकिने कारको रुपमा निर्माण गरिएको छ । जसलाई अधिकतम १६० किमी प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ ।

कम्पनीले सुरक्षाको प्रत्याभूत पनि भरपुर मात्रामा गराएको छ । जहाँ अहिले सम्मकै धेरै ७ वटा एयर व्याग उपलब्ध गराईएको छ । त्यस्तै कारमा रिर्भस क्यामेरा सहित पार्किङ सेन्सर, एबीएस सहित ईबीडी ब्रेकिङ सिष्टम ईएसपी लगाएत अन्य थुप्रै युटिलिटी फिचर्स्हरु समावेश गराएको छ ।

कारलाई अझ विशेष बनाउदै कम्पनीले एसयुभी प्रोजेक्टर ल्याम्पका साथै अटोमेटिक एलईडी डे ल्याम्पको समेत प्रयोग गरेको छ । गाडीको टायर अझ विशेष प्रकारले डाईमन्ड धातुको लुक्समा एलो ह्वील प्रदान गरेको छ । कारको भित्री भागमा डुवल टोनयुक्त ड्यास बोर्ड उपलब्ध गराईएको छ । जहाँ एप्पलकार प्लेका साथमा टचस्कृन इन्टेन्टेमेन्ट सुविधा प्रदान गरिएको छ । यसका साथै गाडीमा अटो एन्ड्रोईड सिष्टम सहित अटो क्लाईमेट कन्ट्रोल सुविधा समेत उपलब्ध गराईएको छ ।

एक्सयुभी३०० १.५ लिटर डिजेल र एक विकसित १.२ टर्बो चार्जेज पेट्रोल इन्जिनमा उपलब्ध हुने छ । जसले सेग्मेन्टकै उच्च पर्फमेन्स दिने कम्पनीको बताएको छ । म्यानुअल ६ गेयर बक्यमा उपलब्ध एक्युभी३००ले १७० एनएममा अधिकतम ३०० एनएमको टर्क उत्सर्जन गर्ने छ । यो अहिले सम्मकै उच्च रहेको कम्पनीले दाबी गरेको छ ।