सन्दीपको टाटाको नेक्सन र बिएमडब्ल्यु
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
July 14, 2019

कुनैबेला नेपाली सेलिब्रेटीले कार चढ्ने कुराले निकै महत्व पाउने गथ्र्यो । सेलिब्रेटीमा पनि खासगरी फिल्मी क्षेत्रका कलाकारले कार किनेको र चढेको चर्चा हुन्थ्यो । अहिले चर्चित खेलाडीहरुमा यस्तै होड चलेको छ । पछिल्लो समय सन्दीप लामिछानेको कारले चर्चा पाएको छ । सानै उमेरमा उनी महंगो कार चढ्ने सेलिब्रेटी बनेका छन् ।
सन्दिप लामिछाने क्रिकेटर हुन् । इन्डियन प्रिमियर लिगमा समेत खेल प्रदर्शन गरिसकेका सन्दिप सौखिन सेलिब्रेटी हुन् । उनी सौखिन हुन् भन्ने कुरा त उनले खरिद गरेको कारबाट पनि झल्कन्छ ।
सन्दिपले ४२ लाख रुपैयाँ बराबरको कार चढ्ने गरेका छन् । त्यसैगरी उनले १५ लाख रुपैयाँको त बाइक नै खरिद गरेका छन् ।


अहिले उनी टाटाको कार प्रयोग गर्न थालेका छन् । यो टाटा कम्पनीको उत्पादन हो । हुन त यसअघि पनि उनी कार नै प्रयोग गर्थे । उनले प्रयोग गर्ने कार भने टाटाकै थियो । टाटाको टिगोर । उक्त कार सन्दिपलाई टाटाको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले दिएको थियो । केही समय उनले यही कार प्रयोग गरे । तर, उनले टिगोरमा मात्र चित्त बुझाएनन् । अर्को गाडी खरिद गरे । अहिले सन्दिप टाटाको नेक्सनमा हुँइकिन थालेका छन् । उनले किन नेक्सन कार नै रोजे त यसमा केही कारण हुनसक्छ । सन् २०१८ मा आइपिएलको प्रयोजन नेक्सन कारले नै गरेको थियो । सायद सन्दिपलाई त्यहीबेला यो कार चढ्ने रहर जाग्यो । अनि उनले नेक्सन कार किने । उनले चढ्ने यो कारको बजार मूल्य अहिले ४२ लाख ५५ हजार रुपैयाँ छ ।

महंगो मोटरसाइकल पनि
सन्दिप मोटरसाइकलका पनि सौखिन हुन् । उनीसँग दुईवटा मोटरसाइकल छ । सन्दिपले बिएमडब्ल्युको जिथ्रिटेन आर प्रयोग गर्छन् । यसको मूल्य ९ लाख ७५ हजार रुपैयाँ छ । उक्त मोटरसाइकल किनेको महिना दिनमै उनले अर्को मोटरसाइकल पनि किने ।

 

उनले किनेको दोस्रो मोटरसाइकल चाहि रोयल इनफिल्ड हो । ३ सय ५० सिसिको उक्त मोटरसाइकल क्लासिक गन ग्रे मोडलको हो । यसको मूल्य पाँच लाख पन्ध्र हजार रुपैयाँ छ । उनले सुरुमा चाहि केटिएम ड्युक चढ्ने गरेका थिए ।