सडकमा परीक्षण गर्दा बाहिरियो नयाँ ‘स्यान्ट्रो’ को लुक्स
Esport Nepal
August 6, 2018

२९ जेठ, काठमाडौं । हुण्डाईले आफ्नो पुरानो लोकप्रिय ह्याचब्याक ‘स्यान्ट्रो’लाई नयाँ अवतारमा बजारमा उतार्न तयारी गरिरहेको छ । तर, स्यान्ट्रो कस्तो लुक्स र डिजाइनमा आउँछ भनेर कम्पनीले अझै पनि आधिकारिक रुपमा मुख खोलेको छैन । तर, भारतमा परीक्षणका लागि सडकमा उतारिएको स्यान्ट्रो देखिएपछि सो कारले चर्चा बटुलेको छ ।

यो अपग्रेडेड कारलाई कम्पनीले ‘स्यान्ट्रो’ नै नाम राखेर बजारमा ल्याउने/नल्याउने तय भएको छैन । टेस्टिङका लागि सडकमा ल्याइएको स्यान्ट्रोका विभिन्न भागहरु छोपिएका थिए । तर, कारण धेरैले त्यसमा आँखा लगाए । जसले गर्दा स्यान्ट्रोको प्राथमिक लुक्स कस्तो हुन्छ भनेर अड्कलबाजी काट्न सजिलो भएको छ ।

२०१४ बाट उत्पादन बन्द भएको स्यान्ट्रो ४ वर्षपछि सन् २०१८मा नयाँ अवतारमा बजारमा उतार्ने तयारी हुण्डाईले गरिरहेको छ । पहिलो उत्पादनको २० वर्षपछि फेरि स्यान्ट्रो ‘नयाँ जीवन’ लिएर आउनेछ ।

कम्पनीले स्यान्ट्रोलाई १.१ लिटर आईआरडीई र १.२ लिटर कप्पा इञ्जिनको अप्सन दिन सक्ने बताइएको छ । यसले करिब ७० पीएसको पावर दिनेछ । यो केवल पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने अनुमान छ ।

यसमा ५ स्पीड म्यानुअल गियर राख्न सक्ने अनुमान गरिएको छ । बजारमा हल्ला यो पनि छ की यसमा अटोमेटिक गियरबक्स पनि हुनेछ, जुन सानाकारमा पहिलोपटक रहनेछ ।

झण्डै २० लाख कार बेचेर स्यान्ट्रो अझै पनि धेेरै बिक्ने कारको सूचीमा सामेल छ ।