संसारका सबैभन्दा महंगा कार कुन कुन हुन् त ?
Kashiram Bajgain
September 20, 2018

सन् २०१६ मा वार्डस इन्टिेलिजेन्सले सार्वजिनिक गरेको पछिल्लो डाटा अनुसार संसारमा बस, कार र ट्रक सेग्मेन्टका मात्रै पनि १.३२ बिलियन गाडीहरु रहेका थिए । जुन साबिकको वर्षमा ४.५ प्रतिशतको वृद्धि थियो । वार्डस इन्टेलिजेन्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०४० मा यसको संख्या डबल पुग्नेछ । त्यही वृद्धिदरको आधारमा पनि अहिले संसारमा कम्तीमा १.३८ बिलियन सो सेग्मेन्टका गाडी रहेका छन् । यो त भयो संसारमा द्रूत गतिमा भईरहेको गाडीको विकाश र यसले छोटो समयमा हरेक व्यक्तिको मन,मुटु र हृदयमा जमाएको डेराको प्रसंग । तर गाडी किन युज गर्ने त ? व्यक्ति तथा वस्तुको ट्रान्सपोटेसनको लागि ? त्यति मात्र होइन, टान्सपोटेसनको कामका लागि कल्पना गरि निर्माण गरिएको गाडी अहिले शोखको साधन पनि भइसकेको छ । गाडीभित्र पनि कारको कुरो अलग छ । कसलाई रहर हुँदैन र आफ्नो पर्सनल एक कार होस् , परिवारको साथ कुनै लामो यात्रामा त्यसमा सफर गरुँ भन्ने, कसको मनमा विचार आउँदैन आफ्नी प्रेमिकाका साथ कुनै एकान्त सडकमा कारमा हुँइकिदै कुनै सुन्दर रमणिय ठाउँमा डेटिङ हिँड्ने ? को भन्छ पैसाले खुसी किन्न सकिदैन ? जब कोही कुनै ब्यस्त सडकमा लक्जरी कारमा कावा खाँदै पौडिन्छ त्यो भन्दा गुलियो सुखको पल के होला र अरु ? आज हामी तिनै विलासिनताका लागि निर्माण भएका संसारका महंगा कारको विषयमा कुरा गछौंै । संसारका सबैभन्दा महंगा कार कुन कुन हुन् त ? कति छ तिनको मूल्य ? आउनुहोस् जानिराखौं संसारका महंगा दश कारको बारेमा ।
१. कोइनीग्जेज सिसिएक्सआर ट्रेविटाः यो कारको मूल्य ४.८ मिलियन डलर रहेको छ । जुन जेबिआरको एक अपार्टमेन्टभन्दा महंगो हो । यसमा प्रयोग भएको कोइनिग्जेज प्रोपेटिक डाइमन्ड वेभले युनिक फाइबर सोलुसन गर्ने काम गर्दछ । जसले फाइबरलाई ब्ल्याक देखि रिलिङ्ग राइट ह्वाइट बनाउँछ । यसमा कोइग्निज इक्विप्पेड रहेको छ जुन ४.८ लिटर क्यापासिटीको रहेको छ । यस कारका दुईवटा मोडेल मात्र बनाइएका छन् भने यो कार विशेष टेक्नोलोजीमा पृथक शैलीमा उत्पादन गरिएको छ ।
२. लम्बोर्घिनी भिनेनो रोडस्टर ः लम्बोर्घिनी भिनेरोको मूल्य ४.५ डलर राखिएको छ । यो कार6.5 lt V12 इन्जिनको विशेष उत्पादन हो जसले २.९ मिलिमिटरमा ६० माइलसम्मको माइलेज दिन्छ । यो आइकोनिक कारको एड्रेन्यालिनी जंकमा उच्च पावर र आर्कषक लुक्स रहेको छ । यसको अर्को विशेष विशेषता के हो भने सडकमा यात्रा गर्दा यो भित्र यात्रुले आकाशमा उडेको जस्तो अनुभूति गर्दछन् ।
३. लिकन हाइपरस्पोर्ट ः यो कार फस्ट अरब स्पोर्टस कारको रुपमा पनि परिचित छ । यसको प्रत्येक एलइडी हेडलाइटहरुहरुको डिजाइनमा बहुमूल्य पत्थर तथा हिरा छनोट गरिएको छ । यो कार अमेरिकन एक्सन मुभी फिचर ७ मा पनि प्रदर्शन गरिएको छ । यसको अंकित मूल्य ३.४ मिलियन डलर राखिएको छ ।
४. बुगाती भेरोन ः यो म्यानसोरी विवेरेको सिमित संस्करणको कार हो । यसको मूल्य ३.४ डलर रहेको छ । यसलाई सन् २००५ मा सर्वप्रथम निर्माण गरिएको थियो भने आजको दिनसम्म आइपुग्दा सयौं पल्ट परिमार्जन गरिसकेको छ । कार अनियमित कार्वन फायरको रुपमा निर्माण गरिएको छ र हेडलाइट्स र टाइलाइटाइट क्लस्टर निरन्तर अपग्रेड गरिएको छ ।
५. एस्टन मार्टिन भल्किरी ः मिलियन भल्करी एस्टन मार्टिनको पहिलो हाइपरर यो कार निःसन्देह एकदमै उत्तम कार हो । यो रेड बुल एम–आरबीको अपग्रेडेड संस्करण हो । डिजाइन,स्ट्रक्चर र टेक्नोलोजीको आधारमा यो एक रेसिङ्ग कार हो भने यसको मूल्य ३.२ मिलियन रहेको छ ।
६. फरारी पिनीफेरिना सर्जियो ः ३ मिलियन डलर मूल्य रहेको यो कार संसारको सबैभन्दा उच्च प्रतिस्थित कारमध्येको एक हो ।यो कार पिनिनफेरिनाले आफ्नो छोरा पिनिफेरिनाको सम्झनामा बनाएका थिए । यो फरारी ४५८ को अपग्रेडेड भर्जन हो । यो कारको एक रोचक तथ्य के छ भने यो कारलाई विशेष सुपर बनाउन गाडीका मालिकहरुले आफै आफैले पैसा उठाएर निर्माण गरेका थिए ।
७. पगनी हरया बीसी ः पगनी होरया नामक ओमान देवताको नाममा यसको नामाकरण गरिएको थियो । यसको एक विशेष विशेषता के हो भने यसले १५० मिलिसेकेन्ड देख ७५ मिलिसेकेन्डसम्म गति सीमित एरियामा गती कम गर्दछ । यसको मूल्य २.८ मिलियन डलर रहेको छ ।
८. फरारी लाफरारी एपेराटाः यो कम्पनीले आफ्नो ७० औं वार्षिक समारोहको अवसर पारि लन्च गरेको कार हो । यो ला फेरारीको ओपेन एयर स्पाइडरको संस्करण हो तथापि यसमा कूपका अन्य विशेषताहरु पनि समेटिएको छ । यसको मूल्य २.२ मिलियन रहेको छ ।
९. जेन्भो टिएस वनः जेन्भो टिएस वनको मूल्य १.९ मिलियन रहेको छ । ८ यसमा सुपरचार्जर र टर्वो चार्जर दुबै फिचर रहेको छ । हेर्दा आर्कषक लुक्समा निर्मित यो कारको निर्माण डेनिस सुपर कार बिजनेसको डिजाइनको आधारमा गरिएको हो ।
१०. मेज्जान्ती इवान्ट्रा मिलिसेवल्ली ः लगभग २५ एकाईको स्लीम उत्पादनमा निर्माण गरिएको यो इटालियन कम्पनीले निर्माण गरेको एक सुन्दर विलासी कार हो । कार्वन फाइबरद्धारा यसलाई निर्माण गरिएको छ । यो एक रेस कार हो, केबल २.७ सेकेन्डमा यो ० बाट १०० मा पुग्छ । स्मरण रहोस् यो एक इटालीयन पावरफूल सडक कानून भएको कार हो र यसको मूल्य १.२ डलर रहेको छ ।
 @kashiram