विश्वभर एक करोड पल्सर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
February 2, 2019

काठमाडौं, १८ माघ–

बाइक प्रयोगकर्ता माझँ बोरिङ यात्रा अन्त्य गर्दै रोमाञ्चक राईड प्रदान गर्न बजाजले थुप्रै पारदृश्य परिवर्तनहरुका साथ भारतीय बजारमा सन् २००१मा प्रवेश गरेको थियो । बजाज भारतीय बाइक प्रयोगकर्ताका लागि लामो समयदेखिको बाइकिङ मज्जा उठाउने अपूर्ण इच्छाहरु पूरा गर्न र वास्तविक बाइकिङ अनुभव बटुल्न पहिलो पटक ब्राण्ड बनेको हो ।
पल्सर रोमाञ्चक अनुभव बटुल्न, उत्साह बढाउन र बाइकिङको मज्जा उठाउने उद्देश्यले डिजाइन गरिएको थियो । यसले बाइक चालकहरुको मन जित्न सजिल्लै जित्न सफल भयो र प्यासोनेट राइडरको वृद्धि गर्न अहं हिस्सा बन्यो । भारतीय नागरिकको स्पोर्ट बाइक प्रतिको दृष्टिकोण परिवर्तन भएपछि पल्सरले विदेशमा बजार विस्तार गर्यो । बजाजले हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि –एच एच बजाज, बजाज मोटरसाइकलक ालागि नेपालको आधिकारिक वितरक) को सहकार्यमा २००२ मा पल्सरको उद्घाटन गरेको थियो, जुन नेपाली लाखौँ राइडरका लागि प्रेरणादायी बन्नपुग्यो ।
यो नेपाली बाइकर्सका लागि एउटा नँया यूगको शुरुवात मात्र थियो । नेपालको जनसंख्यामा आधाभन्दा बढि हिस्सा ओगटेका यूवाहरु पल्सर प्रति आकर्षित भए । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभाजन भएकै कारण पनि २ पाङग्रे सवारी साधनको सम्भाव्यता बढि रहेको नेपालमा यूवाहरुले पल्सरलाई निकै रुचाए ।

आधुनिक डिजाइन र उच्च प्रदर्शन, एच एच बजाज मार्फत सहज पहुँचले गर्दा ८८ 3S (सेल्स, सर्भिस र स्पेयर) डिलर र २ सय ५०भन्दा बढि सेवासहितका स्पेयर सेन्टरले गर्दा पल्सरल ेअन्यबाइक भन्दा बढि लोकप्रियता कमायो । वर्षौदेखि पल्सरले निरन्तर कडा प्रतिस्पर्धा गर्दै प्रतिद्वन्दी भन्दा केहि भिन्न पहिचान बनाउन सफल भयो । सन् २०१८ पल्सरका लागि निकै उत्कृष्ट वर्ष रह्यो किनभने यसले पावरफुल र आधुनिक पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो । यो पल्सरका लागि नेपाल र भारतमा सफलता र नेतृत्वको अविश्वासनीय यात्रा समेत रहनपुग्यो । अहिले नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सर प्रतिको जुनुन र लगावकै कारण यसले १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ । यो पल्सरका लागि निकै ठूलो उपलब्धी हो ।