लिगोङ्गका उपकरणको ग्राहक भेला सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
March 24, 2019

लिगोङ्ग ब्रान्डका अर्थमुभर तथा निर्माण उपकरणको नेपालका लागि आधिकारिक बिक्रेता रमन जनरल प्रालिले भब्य ग्राहक भेलाको आयोजना गरेको छ ।
सो अवसरमा प्रिमियम ब्रान्ड लिगोङ्गको निर्माता कम्पनी लिगोङ्ग इन्डिया प्रालिद्वारा निर्मित हेभी ड्युटी एस्काभेटर, वाइड ब्लेड मोटर ग्रेडर, हेभी ड्युटी बुलडोजर, ह्विल लोडर, स्किड स्टियर लोडर, स्वाइल कम्प्याक्टर सहितका उत्पादनहरुको एक विस्तृत प्रदर्शन गरिएको छ ।


भव्य भेलामा लिगोङ्गका सेल्स एण्ड मार्केटिङका प्रमुख निश्चल मेहरोत्राले लिगोङ्ग मोडेलका नयाँ सात संस्करणहरु प्रस्तुत गरेका थिए । मल्होत्राले लिगोङ्ग व्यवसायको लागि नेपालमा रमन जनरल प्रालिसँग साझेदारी गरेकोमा सन्तुष्टि व्यक्त गरे । उनले लिगोङ्गले नेपाली बजारमा एक विश्वसनीय र भरपर्दो ब्रान्डको रुपमा निर्माण कार्यमा साथ दिइरहेको बताए । उनले आफ्ना ग्राहकलाई विश्वसनीय, उच्च गुणस्तरको उत्पादन प्रदान गरेको बताए ।


लिगोङ्ग इन्डिया प्रालिका आर एण्ड डि तथा प्रोडक्ट म्यानेजर सन्दिप कुमारले सुविधा र सम्भावनाको तुलनामा लिगोङ्गका उपकरणहरुले नेपाली ग्राहकको आबश्यकता पुरा गर्नेमा विश्वास व्यक्त गरे । उनले आफ्ना उपकरणहरुको स्पेयर पार्ट्स नेपालभर सहज उपलब्ध गराउनेमा विशेष ध्यान दिने बताए ।


रमण ग्रुपका सीईओ रमन महतोले लिगोङ्गका उपकरणहरुलाई नेपालमा भित्र्याउन पाएकोमा गर्व लागेको बताए । उनले रमन ग्रुपले आवश्यक पुर्वाधार स्थापना गरेको, स्टक यार्ड, पर्याप्त स्पेयर पार्ट्स, बिक्री तथा सेल्स टिम र बिक्री पश्चातको सेवाका लागि दक्ष जनशक्ति उपलब्ध गराएको बताए । उनले चाडैँ नै पर्याप्त आधिकारिक डिलर्स र सेल्स सेवा तथा स्पेयर प्वाइन्ट थप गरिने बताए ।
कार्यक्रममा लिगोङ्गका टन्डम रोलर , न्युमेटिक रोलर , हेभी ड्युटी एस्काभेटर लगायतका फरक किसिमका मेसिनको अनावरण गरिएको थियो ।
लिगोङ्गको भातृ कम्पनी ओभीएमका प्रतिनिधि सी डाइफुङ्गले उक्त कम्पनीका प्रोडक्टका बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा डिलर्स, अन्तर्राष्ट्रिय व्यक्तित्व तथा अतिथि र मिडियाकर्मिहरुको उपस्थिति रहेको थियो ।

Email: info@eautonepal.com