रेसनारी सम्पन्न, विजेताहरु दीपा, वर्षा र मिङमा
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 15, 2020

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजनामा भएको सो प्रतियोगिताको संयोजन मोटर स्पोर्ट्स नेपालले गरेको धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न भएको हो ।

महिलाहरुको बाइक तथा स्कुटर रेसिङ प्रतियोगितामा ‘रेसनारी’ विजेता दीपा लामा मोक्तान बनिन् । सो प्रतियोगितामा वर्षा बस्नेत फर्स्ट रनर अप र मिङमा लामा सेकेन्ड रनर अप बनिन् ।

१५० सीसी क्याटागोरीमा बाइक वा स्कुटर कुदाउन सकिने सो प्रतियोगितामा महिला राइडरहरु प्रतिस्पर्धा गरेका थिए । सबै गरी १८ जना राइडर सहभागी सो प्रतियोगितामा टप ६ राइडरहरुले अप्रिलिया स्टोर्म १२५ स्कुटर समेत कुदाएका थिए ।

अप्रिलिया स्कुटर र क्यास्ट्रोल लुब्रिकेन्ट मुख्य प्रायोजक भएको रेसनारी प्रतियोगितामा अफिसियल मिडिया अटो नेपाल, मासिक पत्रिका र नेपाल अटो रहेको थियो ।

Photos: GearGadgets Nepal