रेनोको एक्सचेन्ज क्याम्प सञ्चालनमा, क्याम्प पुष ८ गतेसम्म चल्ने
Auto Nepal
December 22, 2018

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा.लि.ले रेनो कार प्रेमीहरुका लागि पुष ५ गतेदेखि पुुष ८ गतेसम्म रेनोको सोरुम थापाथली र नक्साल , काठमाडौँ र भक्तपुरमा रेनो एक्सचेन्ज क्याम्प आरम्भ गरिरहेको छ । ‘‘पुरानो छोडाँै ! नयाँ गुडाऔँ’’ भन्ने ट्यागलाईनका साथ ग्राहकहरुप्रतिको सेवालाई प्राथमिकतामा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् ।

रेनो एक्सचेन्जले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।