यो वर्ष नाडा अटो शोमा जान्छु ।
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 6, 2018

रमित ढुंगाना, नायक

 

अहिले म मित्सुबिसीको पजेरो चढिरहेको छु । शायद, यो मेरो १९ औ गाडी हो । मैले १३ वर्षको उमेर देखिनै गाडी चढेको हो । अहिले मसँग ४ वटा गाडी छन् । यो वाहेक सुजुकी र हुन्डाईको गाडी पनि मसँग छ । यी गाडीहरु म पालै पालो चढ्छु ।

सुजुकीको ब्रेजा नाडामा नै बुकिङ गरेर किनेको थिएँ । म यो वर्ष नाडा अटो शो मा जान्छु । अटो सेक्टरमा कस्तो नयाँ प्रविधि आयो र अमेरिकामा मैले चढ्ने गाडी को प्रविधि नेपालमा कहिले आउला भनेर अध्ययन गर्न पनि म नाडा अटो सो मा जान्छु । मलाई नाडा किन पनि मन पर्छ भने गाडी मंहगो बस्तु हो । सबैको गाडी चढ्ने चाहना हुन्छ तर आय सिमित हुन्छ ।

नाडामा स्कीम हुने हुनाले अरु समयमा किनेको भन्दा सस्तो पर्छ । दुई चार लाख स्किममा रहेर सस्तो किन्नु पनि राम्रो कुरा हो । त्यसैले म नाडा शो मा गएर सस्तोमा गाडी बुक गर्नुपर्छ,भन्छु ।