यामाहाको पहिलो डर्ट बाइक  XTG – 125
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
February 22, 2019

एम ए डब्लु इन्टरप्राइजेजले नेपालमा पहिलो पटक डर्ट बाइक यामाहा एक्सटीजी १२५ ल्याएको छ जसको औपचारिक लन्च भने हुन बाँकी नै छ ।
तपाईलाई अफरोड बाइक कुदाउन कति मनपर्छ  ?

मनपर्छ भने तपाईका लागि खुसीको खबर छ । नेपालमा अहिले अफरोड बाइकको माग बढ्दो छ । विकेन्डमा नेचर ट्रिप जाने ट्रेन्ड बढेको छ, युवा पुस्तामा । अझ डर्ट बाइकमा सहर छिचोल्नेको संख्या बढ्दो छ ।
बढ्दो बजारलाई ख्याल गरी यामाहाले डर्ट बाइक सेग्मेन्टकोे पहिलो पटक डर्ट बाइक यामाहा एक्सटीजी १२५ ल्याएको छ जसको बारेमा यस अंकमा केही जानकारी दिदैछौं ।
एक्सटीजी १२५मा वाईबीआर १२.५जीमा प्रयोग भएको उही १२५ सिसीको एअर–कुल्ड इन्जिन छ, जसले ८००० आरपीएममा अधिकतम १२.५ पीएस शक्ति र ६५०० आरपीएमा ११.६ टर्क उत्पन्न गर्छ । ठाडो उकालो र कठिन भूगोलमा पनि यसले सहज अनि सुखद यात्रा दिलाउँछ । यसमा ८०/९०–२१को फ्रन्ट टायर र ११०/८०–१८ रियर टायर छ जसले तीव्र गतिमा पनि राम्रो सन्तुलन कायम गर्छ । यसमा अन्डसाइड कभर पनि छ जसले ढुंगामाटोबाट इन्जिनमा क्षति पु¥याउनबाट बचाउँछ ।
राइडिङलाई पर्फेक्ट बनाउन १८० एमएमको ट्राभलसहित ३५ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्क पनि रहेको छ । यसमा प्रयोग भएको रबर बुटले सकको लाइफ मात्र बढाउँदैन बाइकको सुन्दरतालाई पनि बढाउँछ । रियर ड्याम्पिङ ५–वे एड्जेस्टेबल मोनोसकबाट उपलब्ध गराइएको छ । चेङशिन सेमी–नोबीले धुलोमा होस् या कंक्रिटमा गज्जबको ग्रिप दिलाउँछ ।
एक्सटीजी १२५ को ग्राउन्ड क्लियरेन्स २६० एमएम छ । यसले तपाईको यात्रालाई झन् एड्भेन्चरस बनाउँछ । तपाई खोलामा वा कम गहिरो नदीमा वा वर्षाले जमेको सडकमा पनि सजिलै यात्रा गर्न सक्नु हुनेछ । यसको सिट हाइट ८४० एमएम छ र वजन ११८ किलोग्राम छ । यदि तपाईंलाई लामो अफरोड यात्रा मनपर्छ भने ११ लिटरको ट्यांकले तपाईंमा मुस्कान ल्याउनेछ । तपाई पेट्रोल सकिएर बीचमा अलपत्र पर्नु हुनेछैन । इन्स्ट्रयुमेन्ट प्यानलमा छुट्टै ट्रिप मिटर छ, जसले तपाईको माइलेज ट्रयाक गर्न सहज गर्नेछ । यसमा बलियो रियर क्यारियर पनि छ जसमा तपाईले यात्राका लागि घरबाटै केही लान सक्नुहुनेछ ।
एमएडब्लु इन्टरप्राइजेजले नेपालमा एक्सटीजी १२५को मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकेको छ ।