यस्तो छ बलिउडस्टारको भ्यानिटी भ्यान
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
December 27, 2018

श्रीदेवीको कमब्याक फिल्म ‘मम’ सार्वजनिक भइसकेको छ । धेरैलाई थाहा छैन, श्रीदेवी यस्ती अभिनेत्री हुन् जसको बलिउडमा सबैभन्दा पहिला भेनिटी भ्यान थियो । उनले कुनै एक फिल्मको सुटिङमा भेनिटी भ्यान देखेकी थिइन् । त्यसबेला एउटै भेनिटी भ्यन मुम्बईको हरेक स्थामा सुटिङको लागि लगिन्थ्यो । यहि पृष्टभूमीमा श्रीदेवीले आफ्नो निजी भेनिटी भ्यान खरिद गरिन् ।
– फिल्म ममको प्रमोशनल इभेन्टमा श्रीदेवीले भेनिटी भ्यानको आवश्यक्ताबारे कुरा गर्दै भनिन् कि, ‘त्यसबेला अभिनेत्रीले ढुंगा वा रुखको पछाडि दिसा पिसाबको लागि जानुपथ्र्यो ।
– त्यतीमात्र होइन, कहिले कहि गाउ“मा यदि फिल्म सुट गर्नुपर्दा कस्ट्युम बदल्नु प¥यो भने त्यहा रहेका क्रुका सबै युवती, सिनियर कलाकार, बाकी सबै महिलाको कपडाको घेरा बनाउनु पथ्र्यो । अनि कपडा बदल्थ्यौं ।’
– प्पटक पटक कपडा बदल्नु पर्दा निकै सास्ती हुन्थ्यो । समय पनि निकै खर्च हुन्थ्यो । यदि संभव भयो भने गाउ“मा कसैको घरमा रिक्वेस्ट गरेर त्यसैलाई प्रयोग गरिन्थ्यो ।
– अहिले फिल्म उद्योग व्यवसायिक भएको छ । र, धेरै सुविधा पनि थपिएको छ । खासगरी भेनिटी भ्यानले गर्दा धेरै सहज भएको छ । यसैले गर्दा सुटिङ गर्न सजिलो भएको छ ।

त्यसो त अहिले श्रीदेवीस“ग मात्र होइन, अरु अभिनेत्रीस“ग पनि भेनिटी भ्यान छ ।
करिना कपुरको भ्यानिटी भ्यान अरु अभिनेत्रीको भन्दा महंगो छ । साथै स्टाइलिस पनि । त्यो एकदमै राम्रो प्रविधियुक्त पनि छ ।
सलमान खानको आलिशान भेनिटी भ्यानमा मेकअप रुमका साथै पढ्ने कोठा पनि छ । जहा“ उनी फिल्मको स्क्रिप्ट पढ्दै रिहर्सल गर्छ । बसमा विछ्यौना सहित थुप्रै सुविधा छ । शावर, ट्वाइलेट लगायत मुड अनुसार एडजस्ट गर्न सकिने लाइट पनि छ ।
शाहरुख खानले हालै नया भ्यानिटी भ्यान खरिद गरेका छन् ।

यस भ्यानिटी भ्यानको डिजाइन दिलीप छाबरियाले विशेष किसिमले गरेका हुन् । यसको मूल्य भारु ४ करोड रुपैया“ छ । १४ मिटर लामो यो भ्यानिटी भ्यानमा हाइड्रोलिक सिस्टम छ । यसमा शाहरुखका लागि मेकअप, शावर, टिभी, बेडरुम, मिटिङ रुम सबै छ । यो डिजाइन गर्न ६० दिनसम्म लागेको थियो । शाहरुखका लागि बसमा जिम गर्ने सुविधा पनि छ । यसको विशेषता के घने, यसलाई चलाउनका लागि सानो पनि बनाउन मिल्छ । जबकी बसको बेला यसलाई ठूलो बनाउन मिल्छ । शाहरुखको मुड अनुसार लाइट मिलाइएको छ ।
अजय देवगनको भ्यानिटी भ्यान अमेजिङ र युनिक छ । डिजाइन, शेप र इक्विपमेन्टको हिसाबले यो बेजोड छ । साथै यसमा जिम पनि छ ।


आलिया भट्टको भ्यानिटी भ्यान उनको पर्सनालिटी अनुसार गरिएको छ । भ्यानिटीलाई अलग अलग रंगले सजाइएको छ । भेनिटीको बल्बमा मोटिभेशनल कोट्स पनि लेखिएको छ ।
रणबीर कपुरको भ्यानिटी भ्यानको विशेषता के भने त्यसमा पुरानो फिल्मको पोस्टर लगाइएको छ । यसका साथै यो एकदमै कुल छ । यसमा रणवीरलाई मनपर्ने र आवश्यक पर्ने सबै कुरा छ । सोनम कपुरको भ्यानिटी भ्यान एकदमै फेसनेवल छ । उसको भ्यान लक्जरी छ । अक्षय कुमारको भ्यानिटी भ्यानको नाम अगस्त्य राखिएको छ । सेतो रंगको अक्षयको भ्यानिटी भ्यानको लुक इम्प्रेसिभ छ ।
ह्ृतिक रोशनको भ्यानिटी भ्यान एकदमै ठूलो र आलिशान छ । उसको भ्यान १२ मिटर लामो छ । यसको फ्रन्ट सेक्सनमा एक अफिस र ठूलो लाउन्ज छ । त्यतीमात्र होइन, ठूलो ओछ्यान, शावर र ट्वाइलेट पनि छ । उसको बेडरुममा ४२ इन्चको टिभी पनि छ । यसको वुडन र ग्लास इन्टेरियरले राम्रो देखाएको छ । भ्यानको लाउन्जमा पनि ५२ इन्चको एलइडी छ ।
ग्लास डोर र स्टाइलिस फर्निचरले गर्दा बरुण धवनको भ्यानिटी भ्यान एकदमै राम्रो छ । भनिहालौ, मै तेरा हिरोको सुटिङमा बैंककमा बरुण धवनको भ्यानिटीमा आगो लागेको थियो ।

Email: info@eautonepal.com