मोटोजिपी रेसमा अप्रिलिया र गल्फ
Auto Nepal
March 3, 2019

यस वर्षको मोटोजिपी रेसिङको शुरुवात गेम मार्च १० मा कतारबाट शुरु हुन गईरहेको छ र उक्त रेसदेखी नै पियोजियो गु्रपको अप्रिलिया रेसिङ टिमसंग अन्तर्राष्ट्रिय साझेदारका ग्लोबल लुब्रिकेन्ट आइकन गल्फ लुब्रिकेन्टस्ले आउने धेरै वर्षको सिजनहरुको निमित्त पार्टनरसिप सम्झौता सम्पन्न गरेको छ । मोटोजिपी अन्र्तराष्ट्रियरुपमै ख्यातीप्राप्त र विश्वकै लोकप्रिय बाईक रेस हो । कतिपय अवस्थामा मोटोजिपीलाई सर्वमान्यरुपमा रेसिङ बाईकहरुको क्षमता र गुणस्तरियता मापन गर्ने रेसको रुपमा लिईन्छ । मोटोजिपी रेसिङकोे यस वर्षको सिजनमा पाच महादेशमा १९ चरणको रेस हुनेछ । यस बाइक रेसिङमा बाईकको सवै महत्वपुर्ण पार्टस, टायर, लुब्रिकेन्टस् र चालकको क्षमता र गुणस्तरियताको मापन हुन्छ ।


फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखी इन्डष्ट्रि«यल सेक्टर सम्मका उत्पादनहरु उपलब्ध गराउछ । पियाजियो गु्रप अन्तर्गत भेस्पा, अप्रिलिया, गिलेरा र मोटोगुजीका साथै पियोजियो ब्राण्ड पर्छन् ।


अप्रिलिया तथा गल्फले मोटोजिपी मोटरबाइक रेसिङ्गको लागि सम्झौतापश्चात अप्रिलिया रेसिङ्ग टिमसंगै गल्फको उपस्थिति हुनेछ ।
“वल्र्ड सुपर बाइक पछि मोटो जिपीमा आफूलाई सहभागी गर्नु आफैमा एक कदम अगाडी बढेकोे कुरा गल्फका उपाध्यक्ष फ्र्याङ्क रटेनले उल्लेख गर्नुभयो” त्यसैगरी गल्फसँग साझेदार रहि मोटो जिपीमा सहभागी हुन पाउँदा हामी आफैमा गौरवान्वित भएको कुरा अप्रिलियाका कार्यकारी अधिकृत म्यासिमो रिभोलाले उल्लेख गर्नुभयो ।
२०१९ मा हुने मोटो जिपी रेसमा अप्रिलियाले आफूलाई विशेष रुपमा केन्द्रित गरेको छ । यसको लागि कम्पनीले नयाँ कार्यकारी अधिकृत समेत नियुक्ति गरिसकेको छ ।

Email: info@eautonepal.com