मारुति सुजुकीमा भएको गीरावट
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
March 2, 2020

भारतको सबैभन्दा ठूलो कार निर्माता मारुति सुजुकी (एमएसआई) आइतबारको रिपोटमा २०२० फ्रेब्रुअरी महिनामा कुल बिक्रीको १.१ प्रतिशतले गीरावट आाएको छ । गत बर्ष फ्रेबु्रअरीमा कम्पनीले १,४८,६८२ इकाई बेचेको थियो । यसको साथै गत महिना आन्तरिक बिक्रीमा पनि १.६ प्रतिशतले घटेको छ ।

मिनी कारहरुको विक्रीमा भने अल्टो र एसप्रेसोको समावेशमा पहिलेको भन्दा ११.१ प्रतिशतले वृद्धि भई २७,४९९ इकाई बेचेको छ, अघिल्लो बर्षमा २४,७५१ इकाईको मात्र बेचेको थियो ।

मारुती सुजिकीको कम्प्याक्ट सेग्मेन्टमा बिक्री हुने गाडीहरु, स्विफ्ट, सेलेरियो, इग्निस, बोलेनो र डिजायर जस्ता मोडेलहरू गत वर्ष फेब्रुअरीमा ६९,८२८ कारको तुलनामा ३.९ प्रतिशतले गिरावट आएको छ ।

मध्यम आकारको सेडान सियाजले पहिला ३,०६४ इकाईहरू बेचेकोमा अहिले २,५४४ इकाई बेचेको छ ।

भितारा ब्रेजा, एसक्रस र एर्टिगालगायतका यूटिलिटी सवारी साधनको बिक्रीमा ३.५ प्रतिशतले वृद्धि भई अहिले २२,६०४ इकाई पुगेको छ, जुन अघिल्लो महिना २१,८३४ इकाई थियो ।