महिन्द्रा बोलेरो २०२० फेसलिफ्ट
March 20, 2020

महिन्द्रा कम्पनीको सबै भन्दा राम्रो बिक्री हुने यसयूवी गाडी मध्ये बोलेरो एक हो । यो नयाँ बोलेरो २०२० फेसलिफ्ट अवतारमा चाँडैनै भारतीय बजारमा आउदै छ । यो बोलेरो देशभर मन पराइएको गाडी हो, विशेष गरी ग्रामिण क्षेत्रमा यसको लोकप्रियता रहेको छ ।

यसको डिजाइन पुर्ण रुपमा नयाँ शैलीमा ल्याउने छ । यसमा अपडेटेड इन्जिनको साथ डिजाइनमा पनि धेरै परिवर्तन गरेको छ , नयाँ बोलेरो २०२० मोडेलले धेरै परिवर्तनहरु ल्याउने छ जुन हालको मोडेलको तुलनामा अझ राम्रो र बलीयो हुनेछ । यसको फ्रन्टमा नयाँ बम्पर, ग्रिल, नयाँ हेडलाइट, टेल लाइट र इन्डिकेटरले गर्दा गाडी प्रिमियम देखिन्छ । यसको भित्री भागमा थुप्रै कस्मेटिक परिवर्तनहरु गरीएको छ नयाँ सिटको साथसाथै ड्यासबोर्डको पनि अपडेट गरीएको छ ।

यसमा डुअल एयरब्याग, एन्टी रक ब्रेकिङ प्रणाली, स्पिड अलर्ट प्रणाली, सिट बेल्ट रिमाइन्डर, रिभर्स पार्किङ सेन्सर जस्ता सुविधाहरु रहेका छन् ।
यसमा १.५ लिटर क्षमता भएको ४ सिलिण्डर युक्त डिजल इन्जिन पाउनु हुन्छ जसले ७० बिएचपीको पावर प्रदान गर्नुको साथै १९५ एनएमको टर्क पावर जेनेरेट गर्दछ । यसको साथै ५ स्पिड म्यानुअल गियर बक्स रहेको छ । यसले १६ किलो मिटर पर लिटरको माइलेज दिन्छ ।