महिन्द्रा टियुभी३०० फेसलिफ्ट २०१९ मा आउँदै
Auto Nepal
September 24, 2018

आकर्षक लुक्स सहितको विशिष्ट फिचर्समा उपलब्ध महिन्द्राको पछिल्लो उत्पादन टियुभी३०० अब छिट्टै बजारमा आउने भएको छ । भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राको उत्पादन टियुभी३०० आगामी वर्ष सन् २०१९ को सुरुवातमा नै भारतीय बजारमा लन्च हुने कम्पनीले बताएको छ ।
टियुभी३०० नविनतम फिचर्स्सहित उत्पादन गरिएको अपग्रेट भर्जनको कम्प्याक्ट एसयुभी गाडी हो । अहिले कम्पनी यसलाई अन्तिम रुप दिन तिब्रताका साथ गृहकार्यमा जुटिरहेको छ ।
केहि समय अघि मात्र बजारमा ल्याएको टियुभी५०० को तुलनामा कम्पनीले टियुभी३०० मा अद्भुत फिचर्स्हरु थपेको छ । यो गाडीमा आकर्षक लुक्सकासाथै ताजा र अधिक सुविधाहरू प्राप्त गर्न सकिने छ ।
पीटीआई को अनुसार सन् २०१९ को अक्टुबरमा हुने इण्डियन कार क्रयास टेष्टमा समेत यो कार उत्कष्ट र मजबुद सावित हुने छ । किनकी यो कारको बडी स्टक्चरदेखि फिचर्स् पर्फमेन्समा गरिएको परिवर्तनले त्यसको ग्यारेन्टी गरेको कम्पनीको दाबी छ । त्यति मात्र होईन कम्पनीले महिन्द्राको नयाँ उत्पादनमा बीएस–भीआई–सिक्स इन्जिनमा समेत काम शुरू गरेको छ। यो सन् २०२० को अप्रिल १ मा लागू हुने नयाँ उत्सर्जन मानदण्डको लागि तयारी गरिएको एसयूवी गाडीमा प्रयोग हुने छ ।

नयाँ टियुभी३०० मा १.५ लिटर सहितको तीन सिलिन्डरयुक्त डीजल ईन्जिनको प्रयोग गरिएको छ । जुन १०० बीएचपीको पावरमा ५–स्पीड मैनुअल र एएमटी गियरबक्सको म्याटरेटमा उपलब्ध छ । यसको शुरुवाती बजार मुल्य ८ लाख ३१ हजार भारतीय रुपियाँदेखि १० लाख ९६ हजारसम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।