महिन्द्रा इलेक्ट्रिक बुटवलमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
October 25, 2019

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेइकल्स(इभी)को आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले बुटवलको तिलोत्तमामा महिन्द्रा इलेक्ट्रिक भेइकल्स (इभी)को नयाँ शोरुम खोलेको छ ।

हालसम्म उपभोक्ताहरूले महिन्द्रा इलेक्ट्रिक भेइकल्सहरू काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रहरूबाट मात्र पहुँच पाउँदै आएका थिए ।

शोरुमको प्रदेश ५ को प्रदेश शभा सदस्य सीतादेवी बाउडेल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । बुटबल र यसका वरिपरिका ग्राहकहरूलाई कम्पनी र यसका गुणस्तरीय सेवाहरूको सहज पहुँच उपलब्ध गराइ यसलाई बढी सुविधाजनक र किफायती बनाउँदै लाभ प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम स्थापना गरिएको कम्पनीले बताएको छ ।