महिन्द्रा अग्नि इन्कर्पोरेटको नयाँ डिलर कला मोटर्स बट्टार बजारमा
Auto Nepal
September 27, 2018

महिन्द्राको कम्पनी अन्र्तगतको अग्नि इन्कर्पोरेट प्रा.ली.ले आफ्नो डिलर कला मोटर्स प्रा.ली. नुवाकोट बट्टारमा सञ्चालनमा ल्याएको छ । गाडी र त्यसका सामाग्री विक्री तथा मर्मत गर्न कम्पनीले विदुर ४ संगमचोकमा शाखा विस्तार गरेको हो ।

अग्नि इन्कर्पोरेटका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेशशभा सदश्य हिरानाथ खतिवडा र जिल्ला समन्वयन समितिका प्रमुख सन्तमान तामाङले संयुक्त रुपमा उद्घाटन गरेको कला मोटर्सले कम्पनीका उत्पादनहरु ट्याक्टर, स्कोर्पियो, बोलेरो लगायतका गाडीहरुको विक्री सुरु गरेको छ । कला मोटर्सका प्रवन्ध निर्देशक राजन श्रेष्ठका अनुसार हाल ४ करोड लगानीमा सुरु गरिएको सोरुममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कम्पनीमा उद्योग वाणिज्य महासंघ नुवाकोटका केन्द्रीय सदश्य तथा नुवाकोट उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष कला मोटर्स प्रमुख श्रेष्ठसहित व्यवसायी रिना श्रेष्ठ, रमेशभाइ अधिकारी र चन्द्रकान्त अधिकारी लगायतको सेयर रहेको छ ।