महिन्द्राको नयाँ स्र्कोपियो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
February 7, 2020

भारतमा भइरहेको अटो एक्सपोमा महिन्द्राले आफ्नो २० बर्ष पुरानो सबैले भरोसा गरेको गाडी एसयुभि महिन्द्रा स्र्कोपियोे थर्ड जेनेरेशन शो गरेको छ । यो गाडी पहिलाको भन्दा बढी बलियो र भित्री भाग धेरै ठूलो बनाउनु को साथै पुरै नयाँ रुपमा ल्याइएको छ । यसको डिजाएन र लुक्स को कुरा गर्ने हो भने, धेरै मोडन, फ्रन्ट रुक्स हेर्दा धेरै राम्रो र मन लोभ्याउने खालको बनाइएको छ । यसमा मल्टीपल सिटिङ्ग अप्सन हुनुको साथै धेरै फिचर पनी रहेको छ । फिचरको कुरा गर्दा यसमा एउटा ठूलो टच स्कृन, अटोमेटिक एन्टी ब्रेकिङ्ग सिस्टम, फक राइट, ड्राइभर र कोड्राइभर को लागी एर ब्याग हुनुका साथै अझ धेरै फिचरहरु यसमा रहेको छ ।
यसको इंजिन र पावरको कुरा गर्दा २.० लि. चार सिलिन्डर वाला टर्वे डिजल इंजिन पाउनु हुन्छ, भने यसको पावर १६० बिएचपि र यसले ४०० एनएम को टर्क पावर जेनेरेट गर्दछ । यसमा ६ स्पीड म्यानुलर ट्रान्समिसन र अर्के अटोमेटीक ट्रान्समिसन गरी दुई वटा भेरेन्टमा पाउनु हुन्छ ।
यसको अनुमानित मूल्य १३ लाख देखी २० लाख भारु. सम्म हुनेछ । यसको लन्च भने भारतमा अप्रिल २०२० मा हुनेछ ।