महिन्द्राको इलेक्ट्रीक एसयूभी फन्स्टर कन्सेप्ट
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
February 6, 2020

एक्सपो २०२० मा महिन्द्राको इलेक्ट्रक गाडीहरु मध्ये मूख्य आकर्षणको रुपमा एसयूभी फन्स्टर कन्सेप्ट रहेको छ । किनकि यसको लुक्स र डिजायन अरु भन्दा फरक रहेको छ । यो महिन्द्राले पछि ल्याउने कन्सेप्ट हो । यसमा A 59.1 kwh. को ब्याट्री प्याक र दुई वटा मोटर यसमा सेट गरिएको छ । यसको पावर 313ps छ, भने टप स्पीड 200km/h रहेको छ । यो गाडी एक पटक फुल चार्ज गर्दा ५२० कि. मि. सम्म चल्छ । यसमा त्रिपल एल ई डि हेड ल्याम, एल ई डि एलिमेन्ट हुनुको साथै दुअल स्कृन सेटअप पनि रहेको छ ।