भोलीदेखि उपत्यकामा जोरविजोर प्रणाली लागु हुँदै,
Auto Nepal
November 28, 2018

मंसिर १२, काठमाडौं । काठमाडौं उपत्यकामा भोली बिहिबारदेखि आइतबारसम्म सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागु हुने भएको छ । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई मध्यनजर गर्दै सरकारले यस्तो प्रणाली लागु गरेको हो ।
चारदिने एसियन समिटका क्रममा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार विजोर नम्बर प्लेट भएका सवारी साधन चल्नेछन् भने, मंसिर १४ गते शुक्रबार र मंसिर १६ गते आईतबार जोर नम्बर प्लेट भएका सवारी साधनहरु मात्र चल्ने छन् ।

सवारीको जोरविजोर प्रणाली भने नम्बर प्लेटमा भएको अंकको अन्तिम अंकका आधारमा लागु हुने छ ।